जुम्लामा निर्वाचन सामाग्री सहित गाडी दुर्घटनाः चार जना घाईते

 

जुम्ला । जुम्लामा मतदान स्थल तर्फ जादै गरेको गाडी दुर्घटना हुँदा चार जना घाईते भएका छन् । जुम्ला सदरमुकामबाट तातोपानी गाउँपालिका ८ जनजागृती मावि ताम्ती मतदान केन्द्रमा खटि गएको टोलीलाई लिएर गरेको भे १ च २१८८ नम्बरको बोलेरो जीप निर्वाचन सामाग्री सहित तिला गाउँपालिका ४ रावतबाडा भन्ने ठाउँमा दिउँसो साढे २ बजे दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताउनुभयो ।

उहाँका अनुसार उक्त गाडीमा सवार मतदान अधिकृत हरि प्याकुरेल भने सुरक्षित रहेका छन् । भने निर्वाचनमा खटिएका अन्य चार जना घाईते भएका छन् । घाईते हुनेमा सहायक मतदान अधिकृत आदी प्रसाद न्यौपाने,प्रहरी हवल्दार सुरज चन्द,जवान राजेन्द्र र कार्यालय सहयोगी अंगराज गिरी घाईते भएका छन् ।

चालक सहित ८ जना सवार उक्त गाडी दुर्घटना हुँदा ४ जना घाईते भएका हुन् ।

जीप अनियन्त्रीत भई त्रिवेणी टोप्ला जोड्ने सडक खण्डबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालक शरेस कार्कीलाई नियन्त्रणमा लिइएको छ । भने,निर्वाचन सामाग्रीमा कुनै क्षति नपुगेको डिएसपी नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

घाईतेहरुको थप पचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । अस्पतालको ईमरजेन्सी वार्डमा उपचार भईरहेको र सबैको छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस