जुम्लामा निर्धारित समय भन्दा ढिला मतगणना सुरु


जुम्ला। जुम्लामा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सोमबार दिउँसो ३स् बजेबाट गणना सुरु भएको हो ।

व्यवस्थापन कमजोरका कारण निर्धारित समय भन्दा मत गणना ढिला भएको हो । विहान बसेको सर्वदलिय बैठकले दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने निर्णय भएको थियो । तर सिसि क्यामरा जडान,गणना स्थल तयारी,गणनामा खटिने कर्मचारीको व्यवस्थापनमा समय लागेपछि तोकिएको समय भन्दा ढिला गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमलले बताउनु भयो ।

उहाँका अनुसार प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक तर्फका मत चार ठाउँमा एकैसाथ गणना थालिएको छ । छुट्छुट्टै स्थानमा तार जाली र सिसि क्यामरा जडान सहित मत गणना भईरहेको छ । मत गणना स्थलको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।

मत परिणाम सुन्न आम मतदाता निकै उत्साहित देखिन्छ । व्यवस्थापन कमजोरले गणना ढिलाई भएपछि मतदाता मत परिणामको प्रतिक्षामा छन् । आईतबार रातीनै सबै मत पेटिका मुख्यनिर्वाचन अधिकृतको कार्यालय ल्याईसकेका थिए । भने जुम्लामा ६५ प्रतिशत मत खसेको थियो । ६८ हजार ६ सय ३८ मतदाता रहेको जुम्लामा ६५ प्रतिशत मत खस्दा ४४ हजार ६ सय १४ जना मतदाता निर्वाचनमा सहभागी भएका थिए ।

शुरुमा कनकासुन्दरीका पाच मत पेटिकाको मत गणना सुरु गरिएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस