“वि.व्य.स.अध्यक्ष छान्नका लागि सातौं पटक बैठक बस्दा पनि सहमति हुन सकेन,” प्रधानाध्यापक बस्नेतले भन्नुभयो, “उनीहरुले चुनाव गर्नैपर्छ भनेपछि शुक्रबार चुनावको तयारी थियो । तर वडाध्यक्षले मदिरापान गरेर ममाथि हातपात गरे र उनका दुई छोरा अँझ बढी कुटपिट गरेका कारण घाइते भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भर्ना भएको छु ।”
दायाँ छाती, टाउको, चिउँडो, आँखा, नाक, कान र दाँतमा चोट लागेको पीडितले बताउनुभयो । प्रधानाध्यापक बस्नेतका अनुसार वडाध्यक्षको समुहले आफू स्थायी भएकोले नियमानुसार प्रअ भएकोमा उनीहरुले अस्थायी÷करार शिक्षकलाई प्रअ बनाउन दबाब दिँदै आएका छन् । उनीहरुले गर्ने दादागिरीले आफूलाई गाउँमा बस्न सुरक्षा चुनौति भएको उहाँले दुखेसो गर्नुभयो ।
यता वडाध्यक्ष आँसे बस्नेतले झगडा हुँदा दुवैबीच हानाहान भएको र पछि आफ्नो छोरा तिलक र सागरले पनि हानेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “झगडा खास सामाजिक विषयमा भएको हो । अहिले व्यक्तिगत जस्तो भयो । हामी १३ दिनेभित्रै पर्छाैं । जनप्रतिनिधिका हिसाबले नहुनुपर्ने भयो, गलत जस्तो भयो । अब मिलेर जाने प्रयास गरौंला ।”
पीडितले अस्थायी÷करार शिक्षकलाई प्रअ बनाउन निर्वाचन गर्ने वातावरण बनाएको आरोप लगाएका छन् भन्ने प्रश्नमा वडाध्यक्षले त्यस विषयमा केही बोल्न चाहानुभएन । वि.व्य.स. काे चुनावका लागि गाउँपालिका शिक्षा शाखाबाट खटिएका प्रतिनिधि दीपेन्द्रबहादुर हमालले प्रअ र वडाध्यक्षकाे झगडा सकिएपछि मात्र त्यहाँ पुगेकाेले आफुलाई कुनै जानकारी नभएकाे बताउनुभयाे । यद्यपि प्रअ अलि बढी घाइते भएर स्वास्थ्य विज्ञानमा उपचाररत अवस्थामा रहेकाे सुनिएकाे उहाँले जनाउनुभयाे । शुक्रबार भएको विवादका कारण उक्त विद्यालयको चुनाव स्थगित भएको छ । साभारः corepati.com