जुम्ला । लैगिक हिंसा र यसको रोकथामका उपाय सम्बन्धी भिडियो प्रतियोगितामा जुम्लाका कलाकार शुवास खत्रीको टिम प्रथम भएको छ । ०७९ को लैगिक हिंसाब विरुद्धको १६ दिने अभियान अन्तरर्गत कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्धारा मंसिर २ गते भिडियो प्रतियोगिताका लागि सूचना प्रकाशित भएको थियो ।
मंसिर २९ गते सम्म प्राप्त भएको सन्देश मुलक भिडियोहरुको मुल्यांकन गर्दा जुम्लाका शुवास खत्रीको टिम प्रथम भएको सामाजिक विकास मन्त्रालयका अधिकृत आठाँै अनिता ज्ञावालीले बताईन् ।
उनका अनुसार कलाकार खत्रीको टिमले पछिल्लो समय बढ्दो लैगिक विभेद तथा गर्वमा छोरी हुने वित्तिकै भ्रुर्ण हत्या गर्ने जस्तो चोटिलो विषयमा सन्देश मुलक भिडियो बनाई मुल्यांकनका मापदण्ड र सुचक पुरा गरेकोले प्रथम भएका हुन् ।
त्यस्तै, सुर्खेतका भुमिका परियार दोस्रो,रेखा लामिछाने तेस्रो,हिमांशु पुन मगर र सरिता सुनारको टिम सान्तोवना भएका छन् ।
प्रथम शुवास खत्री जुम्ली रंगमन्चमा उदाएका नयाँ कलाकार हुन् । विगत केहि वर्षयता विभिन्न विषयमाथि सडक नाटकमा आफ्नो महत्वपुर्ण भुमिका निभाउँदै आएका छन् ।