विपद् व्यवस्थापन अभ्यास ः हाँकुचौरमा आगलागी


जुम्ला : तातोपानी गाउँपालिका – ४ हाँकुचौरमा विपद् व्यवस्थापन कृत्रिम अभ्यास प्रदर्शनी गरिएको छ । अहिले सुख्खा मौसममा आगलागी जस्ता विपद्का घटना बढी हुने भएकाले विपद् व्यवस्थापन सम्वन्धी सन्देशमुलक अभ्यास प्रदर्शनी गरिएको हो ।
आगलागी जस्तो विपद् घटना कसरी हुन्छ, यसबाट कसरी बच्न सकिन्छ, समयमा कसरी व्यवस्थापन गर्ने र राहत उद्धार गर्ने विषयमा सचेतीकरण गरिएको थियो ।
फायर फाइटिङ, माइन जोखिम सचेतना, ग्यास सिलिण्डर फायर सेफ्टी, घाइते उद्धार, प्रथामिक उपचार र विपद् सामग्री प्रदर्शनी गरिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तातोपानी गाउँपालिका, वल्र्डभिजन, किर्डाक नेपाल र पेस नेपाल जुम्लाको समन्वयमा विपद् व्यवस्थापन अभ्यास प्रदर्शनी गरिएको हो ।


अहिले सुख्ख मौसममा आगलागीका घटना हुने गर्दछन् । यस्ता विपद्बाट कसरी बच्ने र राहत उद्धारका विषयमा सचेतीकरण गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । उनले भने यस्ता घटनाबाट बच्न सधै चनाखो हुन आवश्यक छ । घटना हुनु भन्दा घटना नै नहुन दिने उपाया नै उत्तम हो ।
विपद्का घटना हुदा कुनै पनि नागरिकले कसरी सुरक्षित हुने र तत्काल व्यवस्थापनका लागि कसलाई कहाँ खबर गर्ने भन्ने विषयमा अभ्यास प्रदर्शनीबाट सचेतीकरण गरिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य बताए । उनले भने अब नागरिकले पनि यसमा सचेत हुनु पर्ने र सम्वन्धीत निकायलाई खबर गर्नुपर्ने कुरा सिकाईएको छ ।
गएको कार्तिक महिना आएको बर्षाले बाढीपहिरो आउदा धेरै जनधन क्षति भएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताए । उनले भने जिल्लाभर ६०५ घर पूर्णरुपमा क्षति भएका छन् । त्यसको क्षतिपूर्ति तथा राहतका लागि मात्रै ३५ करोड रकमको आवश्यक पर्ने भएको छ ।
विपद्बाट जोगाउन र नागरिक आफै पनि कसरी सचेत हुने भन्ने विषयमा सचेतीकरण गर्नका लागि विपद् व्यवस्थापन अभ्यास प्रदेश गरिएको उनले बताए ।

प्रकाशित मिति : २०७९ पुष ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस