
जुम्ला ः नारायणी चौलागाईको नेतृत्वमा सर्बाेदय विकासका लागि अभियान नेपाल (सर्बाेदय नेपाल) जुम्लाको नयाँ कार्यसमिति चयन भएको छ । पुस १५ को १९ औँ चुनावी साधारण सभाले चौलागाईलाई अध्यक्ष पदमा चयन गरेको हो ।
यस्तै उपाध्यक्षमा छोरगे साङमो लामा, सचिवमा रेवती रावल, कोषाध्यक्षमा मेनका रेग्मी, सहसचिवमा माया नेपाली, सदस्यमा टोमा तामाङ, झुनमाया जैशी र गोरीकला बुढा चयन भएकी छन् ।
सिंगो कार्यसमिति महिला नै भएको सर्बाेदय नेपाल जुम्लाले विगत लामो समयदेखि महिला सशक्तिकरण र जीविकोपार्जनका विषयमा काम गर्दै आएका छ ।
लक्ष्मीकन्या बुढाको संयोजकत्वमा सलाहाकार समिति पनि गठन भएको संस्थामा सदस्यमा गोकर्ण चौलागाई र धनबहादुर ऐर रहेका छन् ।
संस्था जिल्ला प्रशासन कार्यालय जुम्ला दर्ता भएर लामो समयदेखि महिला सशक्तिकरण र जीविकोपार्जनको क्षेत्रमा काम गर्दै आएको सर्बाेदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमलराज खत्रीले बताए । उनले भने विभिन्न सरकारी तथा अन्र्तराष्ट्यि गैरसरकारी संस्थासँग समन्वय सहकार्य गरेर काम गर्दै आएका छौँ ।
कर्णाली र सुदुरपश्चिम प्रदेशमा कुप्रथाका रुपमा समाजमा जगडिएको छुईप्रथालाई न्यूनिकरण गर्नका लागि संस्थाले लामो समयदेखि काम गर्दै आएको उनले बताए । अहिले छुईप्रथा समाजमा निर्मल हुन नसकेपनि केही हदसम्म कम हुदै आएको छ । यो प्रथा समाजबाट निर्मल पार्ने संस्थाले लक्ष्य राखेको छ, उनले भने ।



