तातोपानी पत्रकार मञ्च गठन,अध्यक्षमा सागर परियार

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिकाका पत्रकार संगठित भएका छन् । तातोपानी गाउँपालिकामा स्थायी ठेगाना भइ जिल्ला तथा बाहिरी जिल्लामा क्रियाशिल सञ्चारर्की गरिरहेका पत्रकार तथा सञ्चारकर्मीहरु संगठित भएका हुन । बुधबार सम्पन्न तातोपानीका पत्रकारहरुबीच भेटघाट तथा छलफल कार्यक्रमको आयोजना गरेर तातोपानी पत्रकार मञ्च गठन गरिएको छ ।

कार्यक्रमले पत्रकार सागर परियारको अध्यक्षतामा ९ सदस्यीय मञ्च गठन गरिएको हो । अध्यक्ष परियार नेपाल पत्रकार महासंघ जुम्लाका सह सहसचिव हुन । उनी कर्णाली पोष्ट दैनिकका सम्पादक तथा रेडियो नेपाल र कारोबार दैनिकका लागि जुम्ला संवाददाताका रुपमा कार्यरत छन । मञ्चको उपाध्यक्षमा लक्ष्मी न्यौपानेलाई चयन गरिएको छ । उनी रेडियो नारी आवाज जुम्लाकी स्टेशन म्यानेजर हुन । रेडियो खुल्ला आकाश र राजधानी दैनिकका लागि जुम्ला संवाददाता मानबहादुर कुँवरलाई सचिवको जिम्मेवारी प्रदान गरिएको छ ।

सह सचिवमा प्रकाश कामी चयन भएका छन । उनी जुम्लादर्पण डटकमका कार्यकारी सम्पादक हुन । रेडियो खुल्ला आकाशमै कार्यरत सरिता पराजुलीलाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । सदस्यहरुमा कृष्णमाया उपाध्याय, बरमराज कामी, डिल्ली कामी र दशरथ चनारा चयन भएका हुन । उनीहरु क्रम विविसी नेपाली सेवा, जुम्लादर्पण डटकम र कर्णाली पोष्ट दैनिकमा कार्यरत छन । यस्तै कार्यक्रमले अग्रहज पत्रकार तथा प्रध्यापक प्रकाश चन्द्र खत्रीको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा क्रमश खड्कबहादुर स्वार (केबी जुम्ली ),पूर्णप्रसाद चौलागाई, नन्दराम जैशी र शुभाकर विश्वकर्मा रहेका छन । उक्त भेलामा तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द्रप्रसाद चौलागाई, प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस