विपद्ले घर भत्कीएका सिंजाका १४ जनालाई ४२ लाखको चेक हस्तान्तरण


जुम्ला । सिंजा गाउँपालिकाका १४ जना स्थानीयलाई बिमा दाबी भुक्तानीको चेक हस्तान्तरण गरिएको छ । गत असोजको बेमौसमी बाढीले घर पुर्ण रुपमा क्षति भएका स्थानीयलाई शिखर ईन्सोरेन्स कम्पन्नी जुम्ला शाखाले ४२ लाख ५५ सयको दाबी भुक्तानीको चेक हस्तान्तरण गरिएको हो ।

शुक्रबार गाउँपालिकामा आयोजित औपचारिक कार्यक्रमका बीच सिंजा गाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालले बिमितहरुलाई चेक हस्तान्तरण गरेका हुन् ।

स्याउ बिमा गरेका किसानले घर बिमा गर्न ५ सय ८६ रुपैया मात्रै बिमा शुल्क बुझाएका थिए । तर ५ सय तिरेर हाल ३ लाख ७५ हजार सम्मको क्षतिपुर्ति पाउँदा बिमित निकै उतसहित भएका छन् । सिंजा वडा नंं. १,२ र ६ का १४ जना बिमितले ५ सयबढी रकम मात्रै तिरेर ३ लाख ७५ हजार सम्मका राहत पाउँदा खुसी भएका हुन् ।

सिंजा ६ का बिज्ञान बुढा भन्छन,“स्याउ बिमा गरेको थिए । घर बिमा गर्ने ईच्छानै थिएन् । तर शिखर ईन्सोरेन्सका कर्मचारीले घर बिमाका फाइदाबारे चेतना,अभिमुखिकरण दिएपछि बिमा गरेको थिए । ५ सय तिरेर लाखौ राहत पाउने कल्पना थिएन् । गत असोजको बाढीले ५ कोठेघर पुर्णरुपमा क्षतिच भयो । तर बिमाले ३ लाख ५० हजार क्षतिपुर्ति दिँदा निकै खुसी छु ।”

सिंजा २ का सर्प वडले पनि घर बिमा आनाकानी गरेरै गरेका थिए । उनको १३ कोठे घर गत असोजको वर्षातले पुर्ण क्षति गर्यो । ५ सय रुपैया तिरेर घर बिमा गरेका वर्ड  सबैभन्दा बढी ३ लाख ७५ हजारको चेक पाउँदा दंग छन् । अब गाउँकमा सबैलाई घर बिमा गर्न सुझाब दिने उहाँकोे भनाई छ ।

सिंजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले पिडित नागरिकको पिडामा शिखर ईन्सोरेन्स कम्पन्नीले मलम लगाएकोमा धन्यबाद दिनुभयो । गत असोजको बाढीबाट क्षत विक्षत सिंजाले धेरै क्षति व्यवहोर्नु पर्यो । उहाँले भन्नुभयो,“बर्षातले सिंजाका ६ सय ४४ घर भत्कीएका थिए । त्यसमध्य सरकाले १ सय ४० घर निर्माण गर्ने भएको छ । प्रतिव्यक्ति ५ लाख पाउने छन् । पालिकाले ५० हजार दिने छ । तर घर बिमा गरेका बिमितले पनि अपेक्षा भन्दा बढी क्षतिपुर्ति पाएपछि गाउँपालिकालाई हल्का भयो । शिखर ईन्सोरेन्स वास्तममै विपद र जोखिमको सारथी बनेको छ ।”

शिखर ईन्सोरेन्स कम्पन्नी जुम्ला शाखा प्रबन्धक दिप्दर्शन फडेराले विगत ९ वर्षदेखि जुम्लामा शिखर ईन्सोरेन्स जुम्लाको कृषि,प्राकृतिक विपद जोखिम बहनका क्षेत्रमा काम गर्दै आएको बताउनुभयो ।
बिमाको फाईँदाबारे नबुझ्दा अझै किसानहरु कृषि बिमा घर बिमा जस्ता कुरा गर्न कन्जुसाई मानिरहेकोले चेतना अभिबृद्धिमा जोड दिईको उल्लेख गर्नुभयो ।

सिंजा गाउँपालिका २ का वडाध्यक्ष तिर्थ वडले शिखर ईन्सोरेन्स कम्पन्नीले दुरदराजका नागरिक संग निरन्तर बिमाका फाईदाबारे जनचेतना दिएर बिमाको पहुँच अभिबृद्धि भएको बताउनुभयो । स्वयम आफुले पनि बिमाबाट राहत पाएको भन्दै उनले बिमाले विप्दको आलो गाउँमा मलम लगाएको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस