फाइल तस्वीर

फाइल तस्वीर
जुम्ला ः मुगुको मुगुम कार्मारोङ गाँउपालिका—२ च्यार्कु लेकमा शुक्रबार हिउपहिरोमा परी पातारासी गाउँपालिका —२ जुम्लाका तीन जना बेपत्ता भएका छन् । पातारासी गाउँपालिका—२ तल्फी गाउँका ४२ बर्षीय तारासिंह सार्की, ३८ बर्षीय पुर्णसिंह सार्की र सोही गाउँका ३६ बर्षीय बिरबहादुर बोहरा हिम पहिरोमा परेर बेपत्ता भएका हुन् ।
मुगुम कार्मारोङ गाउँपालिकाले जेठ ४ गतेबाट गाउँपाकिकाको डोल्पु र मुगुम गाउँको पाटन क्षेत्रमा पाईने यार्सागुम्बु संकलनका लागि सर्बसाधरणलाई खुल्ला गर्ने निर्णय गरेपनि एक सात अगाडी बेपत्ता भएका ३ जना सहित अन्य १२ जनाको टोली यार्चागुम्बु सकंलनका लागि उक्त स्थानमा हिडेका थिए । सकंलन गर्ने समय अझै नभएको भन्दै गाउँपालिका र पुलु प्रहरीले १५ को टोलीलाई बैशाख १५ गते पुलु बजारबाट फर्काएको थियो । सोही दिन राती १५ जनाको टोली फरक बाटो भएर यार्सा टिप्न च्याकु लेक पुगेको भन्ने जानकारी आएको र प्रहरीमा घटना शुक्रबार भएको हुन सक्नेजिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायव उपरिक्षक सुर्दशन पन्थीले बताए ।
निमित्त प्रहरी प्रमुख पन्थीका अनुसार बेपत्ता भएका ब्यक्तिका साथीहरुले फोनबाट प्रहरीलाई हिम पहिरोमा आफना तीन जना बेपत्ता भएको जानकारी शनिबार बेलुका ६ बजे जानकारी गराएका थिए । घटनास्थल मुगुम कार्मारोङ गाउँपालिका—२ मुगुम गाँउबाट दुई दिन उकालो लेकमा पर्छ । उद्धार तथा खोजी गर्नका लागि प्रहरी पुग्न कठिन ठाँउ भएकाले उक्त स्थानमा पुग्न एक दुई दिन लाग्न सक्छ बेपत्ता भएकाको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।
पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराका अनुसार हिमपहिरोमा परेका व्यक्तिको खोजी कार्यका लागि मुगुका प्रमुख जिल्ला अधिकारीसँग समन्वय भईरहेको छ । उनले भने यो क्षेत्रको रोजीरोटी नै जडिबुटि हो । जडिबुटि यार्सा टिप्न जादा यस्तो दुखद घटना भयो । हामी मर्माहित छौँ ।



