जुम्लामा प्राईम र यूनियन लाईफ ईन्सोरेन्स कम्पन्नी मर्ज:दुर्गममा बिमा पहुँच विस्तारमा जाेड


जुम्ला । जुम्लामा विगत डेढ दशकयता दर्जनौ बिमा कम्पन्नीहरु संचालित छन् । भविष्यमा आईपर्ने विभिन्न खाले जोखिम बहन र राहतका लागि बिमा कम्पन्नी संचालित भएका हुन् । छरिएको पुँजीलाई एकिकृत गर्ने र भविष्यमा आईपर्ने जोखिम व्यवस्थापनका लागि अनिवार्य जीवन तथा निर्जीवन बिमा गर्नुपर्ने सरकारी प्रावधान छ ।
तर चेतनाको अभाव,बिमाबारे स्पष्ट नबझेकै कारण जुम्लाका अधिकांश नागरिक बिमाको पहुँचमा छैनन् । चेतना अभावकै कारण १६ हजार घरधुरी स्याउ खेतीमा निर्भर रहेको ३४ सय किसान मात्रै बिमित छन् ।

करिब डेढ दशकदेखि जुम्लामा संचालित प्राईम लाईफ ईन्सोरेन्स कम्पन्नीमा हाल सम्म १३ हजार २ सय ३ जना नागरिक मात्रै जीवन बिमाको पहुँचमा पुगेका छन् ।

भने २०७४ सालबाट जुम्लामा संचालन भएको यूनियन लाईफ ईन्सोरेन्स कम्पन्नीमा ७ सय ७५ जना मात्रै बिमित छन् । कम्पन्नी संचालन भएको अवधि,बिमितको तथ्यांक र अनिवार्य बिमाको नीतिलाई हेर्दा जुम्लाको दुरदराज सम्म बिमाको पहुँच अपेक्षित रुपमा विस्तार हुन नसकेको स्पष्ट देखिन्छ ।


दुरदराजमा अपेक्षित रुपमा बिमाको पहुँच नपुग्नु,मुलुकमा आर्थिक संकट निम्तीनु,अर्थतन्त्रका क्षेत्रहरु खुम्चीदै गएपछि जुम्लामा संचालित प्राईम र यूनियन लाईफ ईन्सोरेन्स कम्पन्नी मर्ज भएका छन् । प्राईम र यूनियन लाईफ ईन्सोरेन्स कम्पन्नी मर्ज भएर हिमालय फाईफ ईन्सोरेन्सका रुपमा बुधबारदेखि जुुम्लामा एकिकृत सेवा संचालन भएको छ ।

चालु आवमा फाईम लाईफ ईन्सोरेन्स कम्पन्नीको बिमा प्रिमियम ६० लाख र यूनियन लाईफ ईन्सोरेन्स कम्पन्नीको १ करोड ८० लाख बिमा प्रिमियम रहेको छ । देशभर प्राईम,गुराँस र यूनियन लाईफ ईन्सोरेन्स मर्ज भएर हिमालय लाईफ ईन्सोरेन्स कम्पन्नीबाट सेवा प्रवाह भईरहेको छ । हिमालय लाईफ ईन्सोरेन्स चुक्ता पुँजीका हिसाबले मुलुककै ठुलो कम्पन्नी बन्ने छ । हाल हिमालय लाईफ ईन्सोरेन्सको ७ अर्ब ८० करोड चुक्ता पुँजी छ ।

जुम्लाका यूवा व्यवसायी बालकृष्ण बुढाक्षेत्रीले दर्जनौको संख्यामा रहेका बिमा कम्पन्नीले जुम्लाका नागरिकलाई अपेक्षित रुपमा बिमाको पहुँचमा ल्याउन नसकेको बताए ।

दुई बिमा कम्पन्नी मर्जपछि एकिकृत सेवा सुरु कार्यक्रममा बोल्दै उनले भने,“मुलुकको आर्थिक संकटको अबस्था मध्यनजर गर्दै बिमा कम्पन्नीहरु मर्ज हुनु सुखद पक्ष हो । नेपालको एतिहासमा हिमालय बिमा कम्पन्नीले नयाँ उचाई लिने छ । गाउँ गाउँमा पुगेर बिमा विस्तारको काम गर्न जरुरी छ ।”


बिमालाई दुरदराज सम्म पुराउन जरुरी रहेकोमा अर्का व्यवसायी गणेश रोकायाले जोड दिए । दुरदराजमा बिमाको जाँगर फैलाउन,बिमाबारे फैलिएका भ्रम चिर्न र विश्वास दिलाउन अब हिमालय लाईफ ईन्सोरेन्स कम्पन्नी अब्बल बन्ने विश्वास व्यक्त गरे ।

प्राईम र यूनियन लाईफ ईन्सोरेन्सका तत्कालीन जिल्ला प्रबन्धक कर बहादुर शाही र लक्ष्मीकान्त्त पाण्डेले हिमालय लाईफ ईन्सोरेन्स कम्पन्नी मुलुककै ठुलो चुक्ता पुँजी भएको बिमा कम्पन्नी बन्ने बताए ।

जुम्लाका आठै पालिकाका ६० वटै वडामा बिमाको पहुँच पुराउन सचेतनाका कार्यक्रम लिएर गाउँगाउँ जाने समेत उल्लेख गरे । केहि विमा कम्पन्नीले नागरिकलाई ठग्ने गरेका कारण लुटेरा हुन भन्ने बुझाई छ । त्यसैले विश्वसनियता बढाउन जरुरी रहेकोमा जोड दिए ।

प्रकाशित मिति : २०८० बैशाख २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस