
आपुर्तिकर्ता, सेवादाता तथा सप्लार्यसहरुको लागि बोलपत्र आव्हान
दोश्रो पटक प्रकाशन मिति ः २०८० बैशाख ३०
साझेदारी सहयोग केन्द्र पेस नेपाल जुम्ला एक गैर मुनाफा, सामाजिक परिर्वतनमा प्रतिवद्ध एक गैर सरकारी संस्था हो । जिल्ला प्रशासन कार्यालय जुम्लामा २०६३ वैसाख २७ दर्ता भई समाज कल्याण परिषद ९क्ध्ऋ० आवद्धता गरी कार्य सञ्चालन गरिरहेको छ । मुख्य कार्यालय नेपालको कर्णाली प्रदेशको जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ६ अवस्थित रहेको छ भने पालीका जिल्ला र प्रदेश स्तरमा आफना कार्यालयहरु स्थापना गरी १७ वर्ष देखी समुदायको क्षमता अभिवृद्धि गरार्ई गरिवी न्यूनिकरण, दिगो सामुदायिक विकास, सामाजिक समावेशिकरण, द्धन्द्ध व्यवस्थापन, मानवअधिकार प्रवद्र्धन, जलवायु परिर्वतन अनुकुलन, विपत जोखिम न्यूनीकरण, खाद्य सुरक्षा, संस्थागत विकास, शु–सासन सवलीकरण क्षेत्रमा नेपालको कर्णाली प्रदेशका जिल्लाहरुमा कार्यक्रम सञ्चालन गर्दे आईरहेको छ ।
जुम्ला जिल्लाको कनकासुन्दरी गाउपालिका, सिँजा गाउँपालिका र हिमा गाउँपालिकामा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित जलबायु उत्थानशिल खानेपानी सरसफाइृ स्बच्छता परियोजना अन्र्तगत शौचालय, खानेपानी धाराहरु मर्मत, नयाँ निमार्णका लागी तपशिलका सामग्री तथा सेवा आवश्यक परेकोले दोश्रो पटक बोलपत्र आव्हान गरेको छ ।
सामाग्री तथा सेवाहरु
- हार्डबेयर सम्बन्धी सामागी्रहरु ः (सिमेन्ट, सरिया, हाते औजारहरु, सुरक्षा सामाग्रीहरु, पाईपहरु, जालीहरु, तारहरु, फिटिङ औजारहरु आदि)
- स्थानिय सामागी्रहरु ः (काठ, गिट्टि, बालुवा, ढुङगा आदि)
- परार्मशदाता ः (गाउँपालिकाका LDCRPDPRP र Safe Consrtuction policy तथा अन्य आदि )
सङलग्न गर्नु पर्ने आवश्यक कागजातहरु
- आबेदन निबेदन पत्र
- फर्म दर्ता प्रमाण पत्र
- भ्याट तथा पानमा दर्ता भएको प्रमाण पत्र
- फर्मको करचुक्त प्रमाण पत्र आ.ब २०७८÷०७९
- आ.ब २०७८÷०७९ सकिए पछि नयाँ आ ब २०७९÷०८० को अपडेटेड कागजातहरु पछि पेश गर्नु पर्ने हुन्छ ।
योग्य ईच्छुक आपुर्तिकर्ताले बोल पत्र आव्हान अनुसारको फर्मको बिवरण, कानुनी कागजातहरुका साथै कोटेशनको दररेट सहितको कागजातहरु शिलबन्द गरि पेस नेपाल जुम्लाको मुख्य कार्यालय जुम्लामा अथवा फिल्ड कार्यालय सिजाँ गाउँपालिका नराकोटमा मिति २०८० जेठ ७ गते साँझ ५ वजे सम्म पुग्ने गरी उपलब्ध गराउनु पर्ने हुन्छ । आपुर्तिकर्ताको कोटेशन कागजातहरु मिति २०८० जेठ ७ गते भन्दा पछि आएमा स्वीकार्य हुने छैन् । साथै सम्बन्धीत गाउँपालिकाको आपुर्तिकर्तालाई बिशेष प्राथमिकता दिईने छ ।
नोटहरु
- विस्तृत TOR को लागि पेस नेपाल जुम्लालाई सम्पर्क गर्नु होला । आ.ब २०७८÷०७९ सम्मको कागजातहरु नवीकरण नगरेका आपुर्तिकर्ताहरुको आबेदन स्वीकृतिगरिने छैन् । यदि कुनै अन्यजानकारीहरु आबश्यक भएमा पेस नेपाल जुम्लाको कार्यालयको फोन नं. ०८७(५२०२४१ सम्पर्क गर्न सक्नु हुनेछ । साथै कोटेशन भर्दा यातायात र भ्याट सहितको रेट दिनु पर्ने हुन्छ ।
- हाल कोटेशन पेस गर्दा सप्लार्यसले कुनै पनि प्रकारको बैकं ग्यारेन्टी आबश्यकनभएको र पछि सप्लार्यस छनौट भएको खण्डमा कुल बजेटको २.५% बैक ग्यारेन्टी पेस नेपाल जुम्लालाई पेस गर्नु पर्ने हुन्छ ।
खरिद समिति
पेस नेपाल
मुख्यकार्यालय, चन्दननाथ नगरपालिका ६ जुम्ला
www.pacenepal.world



