जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुनेगरी उद्यमीलाई निब्र्याजी कर्जादिनेदेखि एमबीबीएस पढ्न छात्रबृत्ति उपलब्ध गराउने लगायतका नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ ।
व्यवसायीक रुपमा कृषि तथा पशुपालन गर्न चाहने कृर्षकलाई निब्र्याजी कर्जा उपलब्ध गराउन पालिका जमानी बसी वित्तिय संस्थासंग समन्वय गर्ने र व्यवसायीक रुपमा उद्योग गर्न चाहने नयाँ उद्यमीलाई पालिकाले निब्र्याजी कर्जा तथा सहुलियत कर्जा उपलब्ध गराउन पहल गर्ने नीतिलाई तातोपानीले जोड दिएको छ ।
१२ औँ गाउँसभामा तातोपानीका अध्यक्ष नन्द प्रसाद चौलागाईँले स्याउ प्रशोधन उद्योग,निगालाको सामाग्री उत्पादन उद्योग स्थापना,वडा नंं. ४ मा स्थापना हुने औधोगिक ग्राम सञ्चालनमा ल्याईने,प्रत्यक वर्ष औधोगिक प्रद्धशनी तथा औधोगिक मेलाको आयोजना गर्ने ,बाँझो जग्गा भाडामा लिएर व्यवसायी कृषि गर्नेलाई अनुदान दिने लगायतका उद्यमशीलता सम्बन्धी नीति सार्वजानिक गरे । उद्यमशीलतामैत्री नीतिलाई स्थानीय किसान तथा नीजि क्षेत्रले स्वागत पनि गरेका छन् ।
बैंक बित्तिय संस्था,संघ प्रदेश संग समन्वय तथा पहल गरी पालिकाले नयाँ उद्यमी,व्यवसायीक किसानलाई निब्र्याजी कर्जादेखि सहुलियत कर्जा तथा उत्पादनका आधारमा अनुदान दिने नीतिलाई कार्यान्वयन गर्न सके कृषि उत्पादन बृद्धि संगै आयआर्जन बृद्धि हुने उद्योग बाणिज्य संघका अध्यक्ष पुरीचन्द्र देवकोटाले बताए ।
उनले भने,“तातोपानीले किसान,उद्यमी तथा आयआर्जन,शिक्षा,स्वास्थ्यका क्षेत्रमा राम्रा कार्यक्रम ल्याएको छ । नीति महोत्वकाँक्षी ल्याउने तर बजेटमा नसमेट्ने समस्या छ । तर पारित भएका नीति तथा कार्यक्रम कार्यान्वयन गरेमा समृद्ध तातोपानी सम्भव छ ।”
साथै एक गाउँ,एक पशुपालन पकेट क्षेत्र घोषणा गरी कार्यान्वयन गर्ने,व्यवसायीक ओखर खेती गर्ने किसानलाई विरुवामा अनुदान,रैथानेबाली प्रर्बद्धन गर्ने नीति समेत पारित गरिएको छ ।
एमबीबीएस पढाउन छात्रबृत्ति
ततोपानी गाउँपालिकाले आगामी आर्थिक वर्षमा पालिकाको ५० प्रतिशत छात्रबृत्तिमा एक जनालाई एमबीबीएस पढाउने भएको छ । गरिब,विपन्न,जेहेन्दार,दलित तथा अल्पसंख्यक परिवारका बालबालिकालाई एमबीबीएस अध्यायन गर्नलाई एक वर्षको अध्यायन शुल्कमा प्रतिवर्ष एकजना विद्यार्थीलाई ५० प्रतिशत छात्रबृत्ति उपलब्ध गराईने नीति ल्याइएको अध्यक्ष चौलागाँईले बताए । यदपी,गत वर्ष डाक्टर ईन्जिनियर पढाउने नीति ल्याएपनि बजेट विनियोजन नहुँदा उक्त कार्यक्रम कार्यान्वयनमा आएको थिएन् ।
तर आगामी वर्षको लागि भने एमबीबीएस पढाउन उपलब्ध गराउने छात्रबृत्तिका लागि बजेट समेत विनियोजन भएको उपाध्यक्ष रेवती रावलले बताईन् । आईतबार सार्वजानिक तातोपानीको बार्षिक बजेट वक्तव्यको बुदाँ नं. १९ मा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रबेश परिक्षा उत्तिर्ण गरेको गरिब जेहेन्दार दलित एकजना विद्यार्थीलाई एमबीबीएस अध्ययायनका लागि छात्रबृत्ति शिर्षकमा १५ लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष रावलले जानकारी दिईन् । कार्यविधि तयार गरी उक्त बजेटलाई कार्यान्वयनमा ल्याईने छ ।
पढाई पुरा गरीसकेपछि अनिवार्य आफ्ै पालिकाका केहि वर्ष निशुल्क सेवा गर्नुपर्ने,जेहेन्दार गरिब हुनुपर्ने,दलित विपन्न हुनुपर्ने लगायतका मापदण्ड तय गरिने प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए ।
उद्यमशीलता विकास तथा व्यवसाय प्रर्बद्धनका लागि निब्र्याजी तथा सहुलियत कर्जा उपलब्धदेखि,आर्थिक अभावले क्षामता चाहाना भएर पनि डाक्टरी पढ्न नसकेका विद्यार्थीहरुका लागि एमबीबीउस अध्यक्षमा छात्रबृत्रि कार्यक्रम निकै प्रभावकारी हुने आशा गरिएको छ ।
पशुपन्छी बिमा,घर बिमा,घरघरमा पुगेर जेष्ठनागरिकको निशुल्क स्वास्थ्य उपचार,विकट भेरीखोलाका जेष्ठनागरिकलाई भत्ता बुझन् भईरहेको कठिनाई अन्त्य गर्न यातायातको व्यवस्थ गर्न समेत ३ लाख विनियोजन गरिएको छ ।
तातोपानी टाईम्सको निरनन्रता,उद्यमशीलता विकास,आयआर्जन बृद्धि,कृषि,पर्यटन,स्वास्थ्य शिक्षा लक्षित वर्ग लगायतका क्षेत्रलाई प्रथामिकता दिदै तातोपानी ४९ करोड २७ लाख ३१ हजार बराबरको बजेट सार्वजानिक गरिएको छ । जसमा संघबाट तातोपानीलाई ४० करोड,२५ लाख,राजश्व २ करोड ८० लाख र प्रदेशबाट ४ करोड २१ लख ४९ हजार अनुदान प्राप्त भएको थियो । साथै जुम्लाका आठ पालिकामध्य तातोपानी र कनकासुन्दरी गाउँपालिकाको बजेट संघिय सरकारको पोर्टलमा समेत पहिलो अपडेट भईसकेको छ ।