पातारासीलाई उज्यालो पालिका घोषणा गरिने, कति छन् लघुजलविद्युत आयोजना ?

जुम्ला । लघुजलविद्युत उत्पादनमा आत्मनिर्भर जुम्लाको पातारासी गाउँपालिकालाई जिल्लाकै पहिलो उज्यालो पालिका घोषणा गरिने भएको छ । आईतबार सार्वजानिक गरिएको नीति तथा कार्यक्रमनुसार पातारासीलाई उज्यालो पालिका घोषणा गर्ने उल्लेख गरिएको छ ।
कृषि,पर्यटन,जडिबुटि र जलविद्युतमा प्रयाप्त सम्भावना बोकेको पातारासीलाई जिल्लाकै पहिलो उज्यालो पालिका घोषणा गर्ने चर्चा विगतदेखि चल्दै आएको हो । यदपी,अहिले सम्म हुन सकेको छैन् । तर आईतबार पातारासीका अध्यक्ष पुणंसिंह बोहोराले सार्वजानिक गरेको नीति तथा कार्यक्रममा उज्यालो पालिका घोषणालाई प्रथामिकता दिइएको छ ।

पातारासीमा सञ्चालित पुराना विद्युत आयोजनाको मर्मत,सम्भाव्यता अध्यायन भई निर्माणचरणमा रहेका आयोजनालाई पुर्णता,वैकल्पीक उर्जालाई लक्षित वर्गसम्म पुराउने र करिब १ मेगावाट चुकेनी विद्युत आयोजनालाई निर्धारित समयमै सम्पन्न गरी पातारासीलाई उज्यालो पालिका घोषणा गर्ने नीति तथा कार्यक्रम ल्यायएको अध्यक्ष पुर्णसिंह बोहोराले बताए ।

७ वटा वडा रहेको पातारासीमा करिब १७ हजारबढी जनसंख्या छ । भने ३४ वटा गाउँबस्ती रहेका छन् । सबै बस्ती बस्तीमा विद्युतको पहुँच पुगेको छ । तर बत्तिलाई दिगो र भरपर्दो बनाउन मर्मत संभार गर्ने, ठुला आयोजना निर्माणलाई गति दिन नीति तथा कार्यक्रममा उल्लेख छ ।

उज्यालो पालिका घोषणा गर्ने नीति ल्याएपछि बजेटमा उल्लेख गरिएको छैन् । नीति बनाउने कार्यान्वयन नगर्ने समस्या स्थानीयतहमा विद्यमान छ । तर उज्यालो पालिका घोषणा कार्यक्रमलाई आगामी आवबाट कार्यान्वयन चरणमा लिईने उपाध्यक्ष जनमाया रोकायाले बताईन् । उनले भनिन,“डल्लो बजेट मात्रै ल्याएका छौ । विषयगत शाखा,वडागत रुपमा मात्रै विनियोजन गरिएको छ । उज्यालो पालिका घोषणा कार्यक्रमका लागि आबश्यक बजेट छुटाईने छ ।”

आगामी आवका लागि पातारासी गाउँपालिकाले ४० करोड ४५ लाख ३७ हजार बराबरको बजेट ल्याएको छ । उक्त बजेट र नीतिमा कृषि,पर्यटन,जडिबुटि र जलविद्युतको विकासलाई प्रथामिकता दिइएको उपाध्यक्ष रोकायाले उल्लेख गरिन् ।
उत्पादनका आधारमा अनुदान दिने,बाँझो जग्गा उपभोग गर्नेलाई प्रोत्साहन गर्ने,विश्वकै अग्लो स्थानमा धान फल्ने छुमज्युलोलाई कृषि पर्यटनको हबका रुपमा विकास गर्ने,जुम्लाकै गौरबको एक मेगावाटको चुकेनी विद्युत आयोजना निर्माणलाई गतिदिने,उत्पादनका आधारमा पकेट क्षेत्र निर्धारण गर्ने लगायतका नीति तथा कार्यक्रमहरु सार्वजानिक गरिएको छ ।

राष्ट्यि प्रशारण लाईन पुगिसक्दा पनि अनिश्चित लोडसेडिङ मार खेपीरहेको जुम्लामा दुर्गम पातारासीले उज्यालो पालिका घोषणा गरेमा सुगम क्षेत्रलाई ठुलो चुनौती सृजना हुने छ । नीति ल्याउने तर कार्यान्वयन नगर्ने समस्या रहेकोले नागरिक चाडै उत्साहित भईहाल्नु पर्ने स्थिती नरहेको नागरिक अगुवा राज बहादुर महत बताउँछन् । यदपी,आजको समयमा विद्युत विकासको मेरुदण्ड भएकोले उज्यालो पालिका घोषणा गर्ने नीति आफैमा स्वागत योग्य रहेको उनको भनाई छ ।

कृषि, पर्यटन, जडीबुटी र जलविद्युत्को अथाह सम्भावनालाई अवसरमा बदल्न पातारासी गाउँपालिकाले सुरुवातीदेखि नै पूर्वाधार विकास, पर्यटन विकास र जलविद्युत् विकासलाई जोड दिँदै आएको छ । पातारासीका २६ वटा गाउँबस्तीका ३५ सय घुरधुरीलाई बितेको साढे चार वर्षमा विद्युतीय पहुँच पुगको छ ।

डेढ दर्जन विद्युत आयोजना
पतारासी जिल्लाका आठ स्थानीय तहमध्ये विद्युत्मा आत्मनिर्भर पालिका हो । स्थानीय सरकार सञ्चालनमा आएदेखि पातारासीमा नयाँ–पुराना १५ देखि १ सय किलोवाटसम्मका १६ वटा लघुजलविद्युत् आयोजना सञ्चालनमा छन् ।
बन्दै गरेका नयाँ आयोजना र पुराना लघु जलविद्युत आयोजनाको सामाथ्र्य,निरन्तरताई मध्यनजर गरी पालिकाले उज्यालो पालिका घोषणाको नीति लिएको हो । यदपी,विद्युत आयोजनाको मर्मत संभारमा प्रयाप्त बजेट लगानी हुन सकेको छैन् ।


हाल पातारासीमा सञ्चालित १६ वटा विद्युत् आयोजनाको मर्मतका लागि पालिकाले वर्षेनि आवश्यक बजेट छुट्ट्याउदै आएको छ । आगामी आवमा पनि मर्मतका लागि बजेट छुटाईने प्रमुख प्रशासकिय अधिकृत मिन बहादुर रावलले बताए । उनले भने,“अन्तिम चौमासिकमा ५० प्रतिशत बजेट घटेर आउँदा नयाँ योजना निर्माण समस्या देखियो । डेढ दुई कुरोड दायित्व सृजना भएको भुक्तानी दिनुपर्ने छ । तथापी मागमा आधारित बजेट बाडफाँड गर्ने तयारी छ । डल्लो बजेट बाँडफाँड हुन बाँकी छ ।”

जसमा पातारासीमा ५८ किलोवाटको बिउरेनी विद्युत् आयोजना, २५ किलोवाटको लुम विद्युत् आयोजना, २५ किलोवाटकै तल्फी जलविद्युत् आयोजना, ४५ किलोवाटको त्रिवेणी जलविद्युत् आयोजना, २५ किलोवाटको माथि लोर्पा विद्युत् आयोजना, रिनीमा ९ किलोवाट, पटमारामा १२ किलोवाट विद्युत् आयोजनालगायत १६ वटा नयाँ–पुराना आयोजना सञ्चालनमा छन् ।

१६ वटा आयोजनामध्ये ११ वटा आयोजनाबाट मात्रै सदरमुकामको भन्दा ठूलो करिब २ सय ५० किलोवाटको बत्ती संचालनमा छन् । प्राकृतिक विपद्का कारण क्षति हुने बत्ति अवरोध हुने समस्या रहेकोले मर्मतका लागि पालिकाले लगानी गर्नुपर्ने स्थानीयको माग छ ।
१५ देखि १ सय किलोवाटसम्मका १६ आयोजना निर्माण भई सञ्चालित हुँदा पातारासीका दुर्गम बस्ती झिलिमिली भएका छन् भने जिल्लाकै पहिलो उज्यालो पालिका घोषणा गर्ने तयारीमा पातारासी जुटेको छ ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस