कर्णाली प्रदेशकाे विकासखर्च ६४ प्रतिशत मात्रै




सुर्खेत । कर्णाली प्रदेशकाे कुल बजेट खर्च ६७ प्रतिशत भएकाे छ । चालू आवमा विनियाेजित कुल बजेमध्य  असार २४ गते १२ बजे सम्मकाे तथ्यांकनुसार चालू र पुँजिगत गरि  ६७.५६ प्रतिशत मात्रै बजेट खर्च भएकाे छ ।

प्रदेश काेष तथा लेखा नियन्त्रककाे कार्यालय सुर्खेतकाे विवरणनुसार चालू आवकाे असार २४ गते खाता बन्द हुँदा सम्म कुल विनियाेजित बजेट ३२ अर्ब  ९७ कराेड १९ लाख ४२ हजार ९५५ रुपैया मध्य चालू र पुँजिगत गरि जम्मा २२ अर्ब २७ कराेड ६६ लाख २८ हजार १४७ रुपैया अर्थात ६७.५६ प्रतिशत बजेट खर्च भएकाे छ ।

जसमा पुँजीगत तर्फ कुल विनियाेजित १९ अर्ब ८६ कराेड ३६ लाख २३ बजेट मध्य असार २४ गतेसम्ममा १२ अर्ब ७२ कराेड ९० लाख ९ हजार अर्थात ६४.०८ प्रतिशत मात्रै विकास खर्च भएकाे छ ।

भने चालू तर्फ विनियाेजित कुल १३ अर्ब १० कराेड ८३ लाख १९ हजार ७५५ रुपैया मध्य असार २४ गते सम्ममा ९ अर्ब ५४ कराेड ७६ लाख १९ हजार अर्थात ७२.८४ प्रतिशत चालू खर्च भएकाे प्रदेश काेष तथा लेखा नियन्त्रण कार्यालयकाे प्रतिबेदनमा उल्लेख छ ।

विकास बजेट तर्फकाे विनियाेजित भईसकेकाे तर खर्च हुन नसकेर करिब  ७ अर्ब बढि बजेट फ्रिज भएकाे छ । १९ अर्ब बढि विकास बजेट रहेकाे कर्णालीमा १२ अर्बबढि खर्च हँदा ७ अर्ब विकास बजेट खर्च हुन नसकेर फ्रिज भएकाे हाे । 

कम्तिमा पनि विकास खर्च ८० प्रतिशत गर्ने लक्ष्य लिएकाे प्रदेश सरकार अन्तत असफल भएकाे छ । प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही,जीवन बहादुर शाहीसंग वर्तमान मुख्यमन्त्री राज कुमार शाहीले पनि विकास बजेट खर्चलाई बढाउने नबताएका हैनन् ।

पुँजिगत खर्च बढाउन कार्यसम्पादन सम्झाैता पनि नभएकाे हैन तर बजेट खर्चकाे नतिजा भने निरासाजक देखिन्छ ।

भाैगाेलिक विकटता,कर्मचारी अभाव,हिउँदमा काम गर्न नमिल्ने,नीति काे अभावले अपेक्षित बजेट खर्च हुन नसेकेकाे प्रदेशका मुख्यमन्त्रि र मन्त्री बताउदैँ आएका छन् । तर अबस्थानुसारकाे व्यवस्थापनमा सरकारकाे ध्यान छैन् ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस