गुठिचाैरका उत्कृष्ट पाँच कृर्षक सम्मानित,उत्पादनकाे बजारीकरणमा पहल गर्न माग

जुम्ला । गुठिचौर गाँउपालिकाले गाँउपालिका भित्रका पाँच जना किसानलाइ “अध्यक्ष उत्कृष्ट कृषक” सम्मान प्रदान गरिएकाे छ । कृषि उत्पादन बृद्दि गर्न,नयाँ पुस्तालाइ कृषिमा आर्कषित गर्न,किसानकाे आयस्तर बृद्दि गर्न तथा व्यवसायीक किसान र उधमी बढाउन गुठिचाैरले उत्कृष्ट किसानलाई नगद सहित सम्मान गरेकाे हाे ।

जसअन्तर्गत साेमबार पालिकाका पाँच जना उत्कृष्ट किसानलाई सम्मान गरेकाे हाे ।गाँउपालिका अध्यक्ष दान वहादुर वुढा र उपाध्यक्ष शान्ति कुमारि मल्ल भण्डारिले कृषकहरूलाई संयुक्त रूपमा नगद सहित सम्मान प्रदान गरेका हुन् ।

उत्कृष्ट कृषक सम्मान प्राप्त गर्नेमा गुठिचौर गाँउपालिका वडा नम्वर–१ का चौरि तथा भेडा फर्मका कृषक ज्वारिलाल रोकाय, गुठिचौर–२ का मौरिपालक कृषक हरिलाल ऐडि, गुठिचौर–३ हिमाली टि एण्ड एन एग्रोफर्म संचालक टंक गिरि, गुठिचौर–५ का गुठिचौर एग्रो फर्मका संचालक भिम वहादुर भण्डारि र गुठिचौर–५ मष्टो भैसीपालन उद्योगका कृषक गोपाल महत रहेका छन्। गुठचौर गाँउपालिकाको तर्फबाट उत्कृष्ट कृषकहरूलाई नगद रु.६ हजार २ सय र दोसल्ला साथमा सम्मानपत्र प्रदान गरिएको हो ।

गाँउपालिका अध्यक्ष दान वहादुर वुढाले गुठिचौरका कृषकहरूको समस्या समाधानको लागि सधैँ तत्पर रहेको बताउनुभयाे । कृषकको मिहिनेत र परिश्रमले पालिकालाई कृषि उत्पादनमा निर्भर बनाउन सकिने भएकाले किसानलाई प्रोत्साहन,सम्मान तथा उत्पादनका आधारमा अनुदान जस्ता कार्यक्रमलाई प्रथामिकता दिईने उहाँकाे भनाई छ

कृषि पेशामा यूवा आकर्षित नीतिमा जाेड दिने भन्दै कृषिमा आधुनिकिकरणकाे आबश्यकता पनि उतिकै रहेकाे उल्लेख गरे ।


पालिकाले सम्मान दिदा किसान खुसी छन् । हाम्राे उत्पादनकाे बजारीकरणकाे जिम्मा पालिकाले लिनु पर्छ । स्याउ किसान टंक गिरी भन्छन,”उत्पादनमा समस्या छैन । जत्ति पनि फलाउँछाै । तर बजार सुनिश्चित,उपयुक्त मूल्य नपाउदा समस्या छ । सरकारले ढुवानिमा सहुलियत देखि ।बजारीकरणमा सहजीकरण गरिदिए पुग्छ ।”

पालिकाले किसानकाे उत्पादन सुरक्षित हुने गरि निशुल्क कृषि विमा गरिदिने समेत नीति बनाउनु पर्नेमा जाेड दिनुभयाे ।

कृषि शाखा प्रमुख धुर्वराज गिरिलेले नयाँ पुस्तालाई कृषिमन आर्कषित गर्नका लागि पनि व्यवसायीक किसान उमधीलाई प्राेत्साहन गर्ने कार्यक्रम ल्याईएकाे बताउनुभयाे ।

‘उत्पादन भएका सामान बिक्री गर्ने र प्रशोधन उद्योगको आश्वयकता रहेको गुठिचार १ का चौरि तथा भेडा फर्मका संचालक ज्वारिलाल रोकायाकाे माग छ ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस