
जुम्ला । गुठिचौर गाउँपालिका –४ वालुमा पार्किङ गरि राखिएकाे अटोआगलागी भएको हो । गुठिचौर गाँउपालिका वडा ४ बालुमा पार्किङ गरिएकाे अटाेमा अज्ञात व्यक्तिद्धारा आगलागी भएको प्रहरी चौकि धवलमुडीका इन्र्चाज जगत ऐरले जानकारि दिए ।
अटो पुर्णरुपमा जलेर नष्ट भईसकेकाे छ । टिभिएस कम्पनिको क १ ह ५३ नम्वरको अटो आगलागी हुर्दा ६ लाख ५० हजारको क्षेति भएको मालिक कृष्णा अधिकारीले जनाएका छन ।
वुधबार विहान ३ वजेतिर थाहाँ पाएको र प्रहरी आधा घण्टापछि पुगेर आगो नियन्त्रणमा लिएकाे अधिकारीले बताए । प्रहरी चौकि धवमुिडका इन्र्चाज ऐरले भने”खबर पाउने बित्तिकै त्यहाँ पुगेको र पुग्दा पुरै जलेर नष्ट भई सकेको थियाे । अटो लगाएत द्मयालमा सामान्य क्षेति भईसकेकाे छ । घटनाकाे सूक्ष्म अनुसन्धान हुने छ ।”
प्रकाशित मिति : २०८० असार २७ गते बुधवार