पशुपति आर्यघाटमा सीता दाहालको अन्तिम बिदाइ, प्रचण्डले दिए दागबत्ती

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको अन्तिम संस्कार गरिएको छ । बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो । 

दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री तथा सीता दाहालका श्रीमान् प्रचण्डले दागबत्ती दिए । 

सीता दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको हो । 

स्रोत ः रातोपाटी

प्रकाशित मिति : २०८० असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस