सिंजामा राष्ट्रिय वाणिज्य बैंकको काउण्टर सुचारु

जुम्ला ः जुम्लाको सिँजा गाउँपालिकाको नराकोटमा राष्ट्रिय वाणिज्य बैंकको काउण्टर सञ्चालनमा आएको छ । वाणिज्य बैक नेपाल राष्ट्र बैंकबाट (क) वर्गको इजाजतपत्र प्राप्त संस्था हो । सिंजा काउण्टरबाट सेवा शुक्रबारदेखि सुचारु भएको राष्ट्रिय वाणिज्य बैंक जुम्ला शाखा सहायक प्रबन्धक भवानी प्रसाद पौड्यालले बताए । उनले भने नराकोट काउण्टरले सिंजा भेगका हिमा, सिजा र कनकासुन्दरी गाउँपालिका र छिमेकी जिल्ला मुगु, कालिकोट र बाजुरा जिल्ला सिमा क्षेत्रका नागरिकले राजस्व देखि बैङकिङ सेवा लिन पाउने भएका छन् ।

धेरै मेहनत र प्रयासका साथ राष्ट्रिय वाणिज्य बैंकको काउण्टर नराकोटमा ल्याएर सेवा कार्य सञ्चालन ल्याएको सिंजा गाउँपालिका जुम्लाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने यहाँका नागरिकले राजश्व कर तिर्नका लागि २÷३ दिन लगाएर सदरमुकाम खलंगा पुग्नु पर्ने अवस्था थियो । अब त्यो दुख्ख बाध्यता टरेको छ । यहाँका नागरिकले सहजै रुपमा सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

सिंजा गाउँपालिकाकै भवनबाट राष्ट्रिय वाणिज्य बैंकको काउण्टर सुचारु भएको हो । उनले भने मोवाइल बैङकिङ, एटिएम कार्ड रुपैयाँ झिक्ने बचत गर्ने लगायतका बैङकिङ सेवा लिन पाउने छन् ।

राष्ट्रिय वाणिज्य बैंकको काउण्टर सुरु भएको दिनमा ४० जनाले सेवा लिएको सिँजा काउण्टरका वरिष्ठ सहायक धुर्व कुमार वलीले बताए । उनका अनुसार राष्ट्रिय वाणिज्य बैंक सिजा काउण्टरबाट सिंजा गाउँपालिका अध्यक्ष धितालले यस काउण्टरको पहिलो सेवाग्राही भएर खाता खोलेर चेक लिनु भएको छ ।

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस