जुम्ला पुर्णखाेप सुनिश्चिता जिल्ला घाेषणा

जुम्ला । जुम्ला जिल्लालाई पुर्णखाेप सुनिश्चित जिल्ला घाेषणा गरिएकाे छ । यहाँका आठै पालिकाका १५ महिना मुनिका सबै बालबालिका पुर्ण खाेपकाे पहुँचमा पुगे संगै जुम्लालाई आईतबार पुर्ण खाेप सुनिश्चिता निरन्तरता तथा दिगाेपना जिल्ला घाेषणा गरिएकाे जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख प्रेम सुमाईले बताए ।

उनका अनुसार जिल्लाका आठै पालिका यसअघि पुर्ण खाेप सुनिश्चिता तथा दिगाेपना पालिका घाेषणा भईसकेका छन् । १५ महिनामुनिका सबै वालबालिका अनिवार्य पुर्ण खाेपकाे पहुँचमा पुग्नु पर्ने संबैधानिक व्यवस्था र वार्षिक कार्यक्रम अनुसार जुम्लालाई पुर्ण खाेप सुनिश्चितता जिल्ला घाेषणा गरिएकाे हाे ।

जिल्ला समन्वय समितिका प्रमुख तथा खाेप समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चाय सहित आठै पालिकाका अध्यक्ष,प्रमुख जिल्ला अधिकारी, लगायत स्वास्थ्य कर्मिहरुकाे सहभागितामा पुर्ण खाेप सुनिश्चिता जिल्ला घाेषणा भएकाे छ ।
समन्वय प्रमुख गाैरीनन्द आर्चायले घाेषणाकाे प्रभावकारी कार्यान्वयनमा चुनाैती रहेकाे बताए । पुर्णखाेप घाेषणा भएपनि अझै खाेपबाट बन्चित बालबालिकालाई खाेपकाे पहुँचमा ल्याउन विभिन्न सचेतनाका कार्यक्रम गर्नु पर्ने उनकाे भनाई छ ।

हाल जुम्लाकाे खाेप कभरेज ७५ प्रतिशत मात्रै रहेकाे छ । भने करिब २५ प्रतिशत बालबालिका अझै पुर्ण खाेपबाट बन्चित छन् ।

साथै कार्यसम्पादनका आधारमा चन्दननाथकाे महतगाउँ स्वास्थ्य चाैकी प्रथम,पातारासीकाे पटमारा स्वास्थ्य चाैकी दित्तिय र ताताेपानीकाे हाँकु स्वास्थ्य चाैकी तृतिय भएका छन् ।

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस