निरन्तर प्रयासपछि भारतीय राजदुतावासबाट हिमालाई एम्बुलेन्स उपहार

जुम्ला । जुम्लाकाे हिमा गाउँपालिकाले उपहार स्वरुप एम्बुलेन्स पाएकाे छ । नेपाल -भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतीय राजदुतावाद्दारा हिमाले उपहार स्वरुप एम्बुलेन्स पाएकाे हाे ।

आईतबार एक कार्यक्रमका बीच एम्बुलेन्सकाे चावी गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीलाई हस्तान्तरण गरिएकाे छ ।

लामाे अथक प्रयास र पहलबाट भारतीय राजदुतावास बाट हिमा गाउँपालिकालाई एम्बुलेन्स प्राप्त भएकाे अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए ।

उनले भने,”पालिकामा स्राेत सिमित छ । आबश्यकता असिमित छन् । पालिकाकाे लगानीमा एम्बुलेन्स किन्दा अन्य विकास ओझेलमा पर्ने समस्यालाई मध्यनजर गर्दै निरन्तरकाे प्रयास र पहलले हिमामा उपहार स्वरुप एम्बुलेन्स प्राप्त गर्न सफल भयाै । अब पालिकाका नागरिकले सुलभ सेवा पाउने छन् ।”

भाैगाेलिक हिसाबले विकट,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्दा टाढा अबस्थित हिमाबासीका लागि एम्बुलेन्स सेवाले राहत प्रदान गर्ने छ ।

अध्यक्ष शाहीले उपहार स्वरुप एम्बुलेन्स हिमालाई हस्तान्तरण गरेकाेमा भारतीय राजदुतावास लगायत सबै सहयाेगीलाई धन्यबाद समेत ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस