वर्षापम्पले नदीको पानी गाउँमा पुग्यो,बाली सप्रिन थालेपछि किसान खुसी

??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

जुम्ला । तिला गाउँपालिका वडा नं. ३ स्याँला लुम्सेरा गाउँकी शुसिला भट्टराई सिँचाई सुविधा नहुँदा गाउँमा खेतबारी प्रशस्त भएपनि उत्पादन श्रमनुसार नहुने गरेको सुनाउँछीन् । गाउँ छेउमै तिला नदी बगेपनि सिँचाइ कुलो नहुँदा ठुला ठुला खेतबारी भएर पनि धान,जौ,गौ लगायत तरकारी उत्पादन श्रमनुसार हुदैन् ।

तर नदीबाट पानी तानेर सिँचाई गर्न सकिने प्रविधि (वर्षा पम्प) सञ्चालन संगै स्याँला लुम्सेरा गाउँमा खेतबारी यसवर्ष हराभरा भएका छन् । घरघरमा तरकारी मात्र फलेका छैनन् । मार्सी रोपिएका खेतीको बाली पनि सप्रिएको छ । भने,सिँचाई प्रयाप्त पुगेकोले विगतको भन्दा यस वर्ष उत्पादन बढ्ने किसानको अपेक्षा छ ।

स्थानीय शुसिला भट्टराई भन्छन,“सिँचाईको एक मात्र माध्यम नदीमाथि काठको पुनालो बनाएर ल्याउने हो । तर त्यो दिगो थिएन् । जसका कारण स्याँला लुम्सेरा गाउँ निकै पिडित थियो । जग्गा भएर पनि प्रयाप्त सिँचाई नहुँदा खेती गरेर उत्पादन राम्रो हुदैन थियो । तर वर्षा पम्प सञ्चालन गरेसंगै सिँचाई सुविधा पुगेपछि बालीनाली सप्रिएको छ ।” पानीको बहाफ बढेको बेला वर्षा पम्प उठाएर सुरक्षित ठाउँमा समेत राख्न सकिन्छ ।

नेदरल्याण्डमा सफल भएको (वर्षा पम्प) नदीको पानी तानेर गाउँमा पुराउने प्रविधि तिलाको पाँण लुम्सेरा गाउँमा पनि सफल भएको छ । उक्त वर्षा पम्प तिला नदीको छेउमा जडान गरिएको छ । नत उसलाई बत्ति चाहिन्छ । नत ईन्धननै खर्च हुन्छ । पानीलेनै चलेर,पानी तान्ने वर्षा पम्प प्रविधि जुम्लाका लागि निकै उपयुक्त मानिएको छ ।

सिँचाई नपुगेका नदीछेउका गाउँ गाउँबस्तीका जमिनमा सिँचाई सुविधा विस्तार गरी उत्पादन बढाउनका लागि वर्षा पम्प प्रविधि निकै प्रभावकारी रहेको जिल्ला समन्वय समितिका सदस्य नरविर सुनार बताउँछन् ।

भकारी परियोजनाले सिँचाई सुविधा विस्तार,उत्पादन बृद्धि,बहुउपयोगी नर्सरी व्यवस्थापन,क्षामता विकास,भू–क्षय रोकथाम, लगायतका क्षेत्रमा गरेको उल्लेखीय काम र संरचनाको सरक्षण र दिगो व्यवस्थापनमा स्थानीय सरकार उत्तरदायी हुनुपर्ने उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले विकास साझेदार संस्था किर्डाक नेपाल,भकारी कार्यक्रमले जुम्ली किसानको आजआर्जन बृद्धीमा उल्लेखीय भुमिका खेलेको बताए । यदपी,संस्थाका कार्यक्रम सकिएसंगै उपलब्धी पनि सकिने परिपाटी भएकोले प्राप्त उपलब्धीको सरंक्षण र राम्रा कामको निरन्तरता दिन जरुरी रहेको उनको भनाई छ । उत्पादीत वस्तुको बजारीकरण सुनिश्चित हुन नसकेकोले पालिकामै संकलन केन्द्र स्थापना हुनुपर्नेमा प्रजिअ घिमिरेको जोड छ ।

झण्डै २० मिटर उचाई र ३ किलोमटिर लम्बाई सम्म वर्षा पम्पले तानेको पानी पुग्छ । यूएसएआईडीको आर्थिक सहयोग,मर्सिकोर नेपालको अगुवाई र किर्डाक नेपालद्धारा सञ्चालित भकारी कार्यक्रमको ५ लाख लगानीमा वर्षा पम्प जडान गरिएको हो ।

वर्षा पम्प जडान संगै भकारी परियोजनाले पाडा लुम्सेरा सामुदायिक बहुउद्देश्यीय नर्सरी,कुडारी बजार खाडेखोला तटबन्दन,सार्कीबाडा डाडा सिँचाई कुलो,पहिरो रोक्ने क्रीप वाल निर्माण लगायतका क्षेत्रमा लगानी गरेको छ ।

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस