उपाध्यक्षबाट कुटिए गाउँपालिका अध्यक्ष,बजेटमा एकाधिकार गरेकाे आराेप

जुम्ला । जुम्ला गुठिचाैर गाउँपालिकाका अध्यक्ष कुटिएका छन् । बजेट माथि मनपरी गरेकाे भन्दै उपाध्यक्ष शान्ति कुमारी मल्ल भण्डारीबाट गाउँपालिका अध्यक्ष दान बहादुर बुढा कुटिएका हुन् ।

कार्यपालिका बैठकमै उपाध्यक्ष मल्लले अध्यक्ष माथि हातपात गरेकि हुन् । बजेट निर्माण प्रक्रियादेखि पारित गर्ने चरणसम्म पुग्दा अध्यक्षले आफुलाई बेवास्ता गरेकाे,बजेट माथि आफ्नै मनपरी गरेकाे भन्दै उपाध्यक्ष मल्लले अध्यक्षलाई हातपात गरेकी छन् ।

उपाध्यक्षबाट कुटिएपछि आईतबार अध्यक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । बजेटमाथि चित्त नबुझे छलफल गर्ने प्रक्रिया हुँदा हुदै नियाेजित रुपमा आफुमाथि कार्यकक्षमै हातपात गरेकाे भन्दै उपाध्यक्ष विरुद्द उजुरी दिएकाे अध्यक्ष दान बहादुर बुढाले बताए ।

‘कार्यपालिकाको बैठकमा हातपात भएको भन्दै उजुरी आएको डिएसपी प्रल्हाद कार्कीले बताए । उनका अनुसार उपाध्यक्ष स्वयम् आफै प्रहरी सम्पर्कमा आईसकेकाेले आबश्यक साेधपुछ भईरहेकाे छ ।

गुठिचाैर गाउँपालिका प्रबक्ता अर्जुन महताराले बैठकमै उपाध्यक्षले अध्यक्ष माथि सुरुमै चप्पलले हानेकाे र नलागेपछि दुई थप्पड हानेकाे बताए । उनले भने,”बजेटमाथि चित्त नबुझे छलफल गर्ने प्रक्रिया चरण हुँदा हुँदै सिधै हात हाल्नु गलत हाे । यसमा दाेषीलाई कारबाहि हुनुपर्छ ।”

अध्यक्ष बुढाकाे कार्यकक्षमा केही वडाध्यक्षहरू बसेर बजेटका विषयमा छलफल गरिरहेका थियाै  एक्कासी उपाध्यक्ष कार्यकक्षमा आएर हातपात गरिन् ।  पालिकामा केही बेर तनाव सृजना भएकाे गुठिचाैर १ का वडाध्यक्ष तथा पालिकामा प्रबक्ता महताराले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढालाई कार्यकक्षमै हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  उनी आफैं पालिकादेखि जिल्ला प्रहरी कार्यालयमा पुगेकी थिइन् ।
अध्यक्ष बुढाले जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिएका छन् ।  सोमबार बिदा परेकोले मंगलबार कार्यालय खुल्नेबित्तिकै जाहेरी दर्ता हुने डीएसपी प्रह्लाद कार्कीले जानकारी दिए ।

अध्यक्ष बुढाले बजेट निर्माणदेखि पालिकामा भइरहेका कामकारबाही चित्त नबुझे छलफलका माध्यमबाट समाधान गर्न सकिने पर्याप्त सम्भावना हुँदाहुँदै उपाध्यक्ष भण्डारीले आफूमाथि हातपात गरेको बताए । आफुले न्याय पाउनु पर्ने अध्यक्ष बुढाकाे माग छ ।

बजेटमा मनपरीसंगै म माथि अन्याय भयाे : उपाध्यक्ष
बजेटकाे विषय अहिले देखिएपनि निर्वाचित भएदेखि हाल सम्म अध्यक्षले आफुलाई भुमिका विहिन बनाउदै आएकाे उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारी बताउँछन् ।

बजेट पारित गर्ने चरणमा पुग्दा सम्म पनि आफुलाई बेवास्ता गरेकाे र अध्यक्षले बजेटमाथि एकाधिकार लाद्न खाेजेपछि हातपात गरेकाे उपाध्यक्षले मल्लेले स्वीकारिन् ।
लामाे समयदेखिकाे अत्याचार सहन नसकेर अन्तिममा हातपात गर्न बाध्य भएकाे उल्लेख गरिन् ।

उनले भनिन,”उपाध्यक्षलाई बजेट निर्माणकाे संयाेजककाे जिम्मेवारीनै ताेकिएकाे छ । मैले मेराे अधिकारनै प्रयाेग गर्न पाएकाे छैन् । अध्यक्ष बुढाले उपाध्यक्षकाे अधिकारलाई कुण्ठित गर्ने हस्तक्षेप गर्दै आएका थिए । अरुलाई न्याय दिने न्यायीक समितिकाे संयाेजक हुँदा पनि म अन्यायमा परे । अध्यक्षबाट म निकै पिडित छु । अति भएपछि हातपात नै गर्न बाध्य भए ।”

अध्यक्ष बुढाले आफ्नो पक्षमा काम नगर्ने बित्तिकै प्रमुख प्रशासकीय बदल्ने काम गरिरहेको उनको आरोप छ । एक वर्षकाे अवधिमा ४ जना प्रमुख प्रशासकिय अधिकृत फेरिएका छन् । अध्यक्षले आफ्नाे स्वार्थमा पालिका चलाउन खाेज्दा हाकिम टिकेनन् ।

१० असारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफूलाई जानकारी नगराई कार्यक्रम गरिएको उनले आरोप लगाइन् ।

असार २९ गते कार्यपालिका बैठक आह्वान गरिएपनि बस्न सकेन् ।बजेट माथिकाे छलफलमा  आफूलाई पुरै बेवास्ता गरिएको उनको भनाइ छ ।

२९ गते रातीनै सदरमुकामकाे एक हाेटलमा काँग्रेस र माओबादी निकटका कार्यपालिका सदस्यसंग मात्रै बसेर छलफलमाथि  बजेट गरेकाे समेत पाईएकाे उपाध्यक्ष मल्लकाे भनाई छ ।

उनले थपिन,”म बजेट तर्जुमा समितिकाे संयाेजक र  गाउँपालिकाकाे सेकेण्ड पर्सन पनि हुँ । तर हरेक काममा बेवास्ता गरियाे । असार ३० गते कार्यपालिका बैठक बस्ने र बजेट पारित गर्ने कार्ययाेजना थियाे । तर अन्तिम समयसम्म बस्दा पनि काेहि नआएपछि म फर्किए ।

छलफल र  सहमतिबाटै बजेट पारित हाेला भन्ने साेच थियाे ।  तर मलाई नसोधेर नै बजेट ल्याईए छ । यस्ता हर्कत गरेपछि म हातपात गर्न बाध्य भए । महत्वपुर्ण पद र जिम्मेवारीमा हुँदा पनि म निकै पिडा र अन्यायमा छु, न्याय माग्न कहाँ जानू ?”

प्रकाशित मिति : २०८० साउन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस