
जुम्ला । डेढ दशक पहिला जुम्लामा एक पोका नुन र एक ५/१० किलाे चामलका लागि नेताको पाउ मोल्नुपर्ने, प्रहरीको लाठी खानु, सहनुपर्ने र हप्ता दिनसम्म लाइन बस्नुपर्ने बाध्यता थियो ।
डेढ दशकपहिले कर्णालीको खाद्यान्न र नुनमा समेत चरम राजनीति हुन्थ्यो । अझ नुन र चामलका लागिसमेत अनिवार्य पार्टीकै कार्यकर्ता बन्नु पथ्र्याे । अन्यथा कुपन पाईदैन थियाे ।
कर्णाली राजमार्ग सञ्चालन र स्तरवृद्धियता कर्णालीमा नुन–चामलको राजनीति अन्त्य अन्त्य भयाे।
नागरिक सुविस्ता भएकाे,विकास भित्रिएकाे अनुभूति गर्न थालेकाे केही वर्ष नबित्दै जुम्लामा फेरि नुनकै लागि ज्यान दाउमा लगाउनु पर्ने अबस्था सृजना भएकाे छ ।
मुलुकमा थुप्रै व्यवस्था समेत बद्लिए ।
नेपालकाे संविधान-२०७२ काे परिकल्पनुसार मुलुकमा संघियता कार्यान्वयन भएर पनि तीन तहका सरकार संचालनमा छन् ।
तर बिडम्बना जुम्लामा अहिलेनै पनि २/३ पाेका नुनकै लागि लड्नु पर्ने,ज्यानै दाउमा लगाउनु पर्ने अबस्था विधमान छ ।
करिब डेढ दशक पहिलकाे दृष्य झल्काउने गरिगरी असार ३१ गते साल्टट्रेडिङ उपशाखा, जुम्लामा नुन लिनेको बाक्लो भीड थियो ।
झण्डै १५ सयबढी नागरिक नुन लिन लाईनमा लागेका थिए । निश्चित समयमा मात्रै पाईने,पछि सकिने र नुनकाे अभाव हुने भ्रम फैलिएपछि एकैसाथ हजाराैकाे सख्याा नुन लिनेकाे भिड थियाे ।
नुन लिन ओर्लिएकाे १५ सयबढी नागरिककाे भिड अनियन्त्रितपछि भएकाे भागदाैडबाट चन्दननाथ १० कि झुन्का सार्किले मुस्किलले ज्यान जाेगाउन सफल भईन् ।
लाईनमै लागेका चार जना त बेहाेसनै भएर ढले । याे दृष्य हेर्दा झुन्का सार्किलाई डेढ दशक पहिलाकै याद आयाे ।
उनले भनिन,”त्यतिबेला बरु हप्ता दिन बसेपनि नेता गुहारे पनि नुन चामल सहजै पाईन्थ्याे । तर अहिले बजारमा महंगाे सुन पाउन सहज छ । उधाराे राेकाए पनि पाईन्छ । तर जाबाे १/२ पाेका नुन हातमै पैसा दिदा पनि पाईदैन् । नुन नपाएर जनता लड्दै छन् । स्थानीय तहका जनप्रतिनिधि देखि प्रदेश र संघका माननीय मुखदर्शक छन् । सामाजिक संजालमा लेखेर रमिता हेरि रहेका छन् ।”
बजारकाे सुन पाउन सहज छ । डिपाेमा नुन पाउन मुस्किल छ । एक पाेका नुनकै लागि अझै लडाई लड्नु पर्ने कहिले सम्म सरकार ? भन्दै जुम्ली नागरिकले प्रश्न गरेका छन् ।
त्यस्तै चन्दननाथ १ तलिचाैरका पुष्कर देवकाेटा नुन पाईने आशामा लाईनमै बसेका थिए । भिड अनियन्त्रित भएपछि उनले नुनका साट्टा धकेलि पाए । कतिलाई चोट लाग्यो। नुन पाउन सहज नबनेपछि आक्रोश बढ्यो ।
उनले भने,”पछि परिस्थित सम्हाल्नै नसक्ने बन्यो । सबै नागरिक आक्राेसित भएर ढुंगामुडा गरेर डिपाेनै ताेडफाेड गरे । आजकाे समयमा नुन पनि सहजै नपाउनुकाे पीडा र आक्राेस नागरिकमा स्वभाविक देखिन्थ्याे ।”
साथै पातारासी–६ का तारा बोहोरा भन्छन्, “असार ३१ गते दिनभरि एक पोका नुनका लागि युद्ध लड्नुपर्यो । तर साँझ रित्तै फर्कियौं । बजारमा २५ देखि ३० रुपैयाँमा प्रतिप्याकेट नुन पाइन्थ्यो । अहिले त्यो पनि पाइँदैन । साउने संक्रान्तिकाे नुन जाेहाे गर्न गएका नागरिक हुलदंगामा ज्यान जाेगाएर आए । नुन डिपाेमा भएकाे युद्द हेर्दा बरु नुन भन्दा त सुनै किन्न सहज छ ।”
नुन लिन गएका अधिकांशले पर्खालबाट आ-आफ्ना मान्छे घुस्न थालेपछि आक्रोश पैदा भएको र अनियन्त्रित भिडले नुन वितरणमा समेत पक्षपात भएको हल्ला फैलाएपछि नागरिकले पर्खाल नाघेर ढुंगामुढा गरेर नुनकाे डिपाेनै ताेडफाेड गरेका हुन् ।केही समयपछि डिपाेमा पुगेका सुरक्षाकर्मिले पनि आक्राेसित भिडलाई नियन्त्रणमा लिन सकेन् ।
झन्कु सार्की, पुष्कर देवकाेटा,तारा बाेहाेरा मात्रै हैनन् ।असार ३१ गते नुन ल्याउन गएका १५ सयबढि जुम्लाबासिनै भागदाैडबाट वचन सफल भएकाेमा खुसी छन् । जुम्लाका वडा वडामा नुन पाईने भनिएकाे अबस्थामा सदरमुकाम आएर पनि एक पाेका नुन नपाई, चाेट खाएर रित्तै फर्किनु पर्ने याे व्यवस्थाकै लज्जास्पद परिदृष्य हाे । यसमा जुम्लाका माननीय देखि सबै सराेकारवाल गैरजिम्मेवार भएकाे नागरिककाे गुनासाे छ ।
स्थानीयले सोचेजस्तो नुनको अभाव नभएको साल्ट ट्रेडिङ कर्पोरेसन जुम्लाका प्रमुख खगेन्द्र मल्लले बताए । पछि नुन नपाईने अभाव हुने मनसायले नुन बाड्ने दिने नागरिककाे भिड लाग्छ । उनले भने,” केही समय यता ढुवानीमा समस्या हुँदा नियमित नुन बाड्न सकिएकाे छैन् । केही समय अघि अभाव भएपनि तर हाल जुम्लामा नुन अभाव छैन् । तर पनि प्रतिव्यक्ति ३ किलो मात्रै नुन वितरण गरिरहेका छौ । असार ३१ पछि प्रतिव्यक्ति पाँच किलो नुन दिने निर्णय गरेका थियौं। त्यही दिन तनाव भयाे ।”
जुम्लाका तिला, तातोपानी, चन्दननाथ, गुठीचौर र पातरासी पाँचवटा पालिकाको लागि जुम्ला विमानस्थल नजिकको डिपोबाटा नुन वितरण हुँदै आएको छ। जसका लागि वार्षिक ६ हजार क्विन्टल नुन चाहिन्छ। तर अघिल्लो आर्थिक वर्षमा २५ सय क्विन्टलमात्रै हुँदा चाहिएजति नुन दिन नसकिएको प्रमुख मल्लले जानकारी दिए ।
भर्खरै जुम्लामा २ हजार ८० क्विन्टल नुन आईपुगेकाे छ । अगामी आवका लागि पनि ३ हजार क्वीन्टलको लागि टेन्डर भइसकेकोले जुम्लामा नुनकाे अभाव नहुनेकाे प्रमुख मल्लकाे भनाई छ ।
जुम्लाबासीले नुन नपाएपछि डिपाे ताेडफाेड गरेकाे थाहा पाएपछि संघ र प्रदेशका माननीयहरुले भने सामाजिक संजालमा नुन पाउनु पर्ने टिप्पणि गरेका छन् । यदपी,त्याे टिप्पणी र आलाेचना आफैमाथि गरेकाे नागरिक अगुवा राज बहादुर महत बताउँछन् । माननियहरुले फेशबुकमा लेख्नुकाे कुनै अर्थ छैन । समधान खाेज्नु पर्याे ।
उनी भन्छन,”जनता एक पाेका नुनका लागि लड्दै छन् । तर संसदमा चर्काे भाषण गरेर मात्र जनताका आबश्यकता परिपुर्ति हुन्छन् ? सबै सराेकारवाला जिम्मेवार।बन्नु पर्दैन,सबैले आराेप प्रत्याराेप गरेर हुन्छ ? वडावडाबाट नुन वितरण गर्ने निर्णय केकति कारणले कार्यान्वयन भएन,तत्काल छलफल हुनुपर्छ । नागरिकले सहजै नुन पाउने वातावरण मिलाउनु पर्छ ।