
जुम्ला । दुबै मृगौलामा गम्भीर समस्या आएर उपचारथ चन्दननाथ नगरपालिका १० बोहोरागाउँकी ११ वर्षीया बालिका सुस्मिता सार्की बचाउन अभियान थालिने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारथ सार्कीको बचाउ अभियान थालिने भएको हो ।
मृगौलामा समस्या देखिएकोले काठमाडाँैस्थित कान्ति बाल अस्पतालमा रिफर गरिएको छ । तर घरको आर्थिक अबस्था कमजोर भएकोले काठमाडौँ पठाउन, चेकजाँच गराउन तथा खान बस्ननै समस्या भएकोले आर्थिक संकलन गर्न थालिएको हो ।
मृगौला पीडित सुस्मिताको उपचारका लागि समाजसेवी यूवा अनुप थापा,जुम्ला बहुमुखी क्याम्पसका सभापति महेश हमाल, बोहोरागाउँ निवासी तथा पत्रकार महेश नेपाली र महिला नेतृ जयलक्ष्मी चौलागाईको अगुवाईमा सुस्मिता बचाउ अभियान सञ्चालन गरिने यूवा अनुप थापाले बताउनुभयो ।
यदपी,सभापति हमाल,पत्रकार नेपालीले सुस्मिताकाे उपचारथ सहयाेग संकलन गर्दै आएका छन्।
आजै पत्रकार सम्मेलनबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारथ सुस्मिताको स्वास्थ्य अबस्थाबारे जानकारी लिइएको छ । स्वास्थ्य अबस्था सामान्य भएपनि यूरिया बढ्दै गएकोले मृगौलामा समस्या बढ्ने खतरा रहेकोले तत्कालनै विशषज्ञ डाक्टरसंग चेकजाँच गराउनु उचित हुने कर्णाली प्रतिष्ठानका डाक्टर मुन्ना केसरीले बताउनुभयो ।
कान्ति बाल अस्पतालमा पुगेर मृगौला सम्बन्धी खास समस्या के हो भन्नेबारे विशेषज्ञ डाक्टरसंग बुझेर थप उपचार थाल्नु पर्ने उहाँको भनाई छ ।
जतिसक्दो चाडो सुस्मितालाई काठमाडाँैको कान्तिबाल अस्पताल लिन डाक्टरले सुझाएका छन् । पत्रकार महेश नेपालीले तत्काल काठमाडौँ पठाउने खर्चको जोहो गर्न राहत संकलन गरिरहेका छन् । विहिबार सुस्मितालाई काठमाडौँ पठाईने छ ।
सुस्मिताका बुबा जनक नेपालीले छोरीलाई लिएर काठमाडाँै जाने भएका छन् । घरको आर्थिक अबस्था कमजोर रहेकोले छोरीको उपचारमा सहयोग गरिदिन समेत जनकले अपिल गरेका छन् ।
काठमाडौँमा उपचारदेखि खान बस्नको व्यवस्था निशुल्क गर्नका लागि आबश्यक प्रबन्ध मिलाउन सबै निकायले पहल गर्न समेत उहाँको माग छ । सुस्मिता बचाउ अभियान अन्तरर्गत जम्मा भएको राहत रकमलाई कोषका रुपमा खडा गरी सुस्मिताको उपचार गर्ने र भविष्यमा आईपर्ने यस्ता समस्या समधानका लागि समेत त्यहि कोषबाट खर्च गर्न उदेश्य राखिएको यूवा अनुप थापाले बताउनुभयो ।
काठमाडौँमा रहेको बाल विशेषज्ञ चिकित्सकसँग यस विषयमा समन्वय गरिने प्रतिष्ठानका उपकलपति डा. मंगल रावलले बताउनुभयो ।