कर्णालीमा संघियताछि आधारभूत विकासकाे जग बस्याे’ : अर्थमन्त्री सिंह


जुम्ला ।कर्णाली प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री बेदराज सिंहले विकट कर्णालीमा संघियता कार्यान्वयनपछि विकासकाे जग बसेकाे बताए ।

अपेक्षित रुपमा नभएपनि संघियतापछि शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन,खानेपानी,सिँचाई,पूर्वाधार,सडक लगायतका क्षेत्रकाे विकासकाे जग बसेकाे बताएका हुन् ।

शुक्रबार हुने कर्णाली प्राविधिक शिक्षालयकाे वार्षिक उत्सवमा सहभागी हुन विहिबार जुम्ला पुगेका आर्थिक मन्त्री सिंहले प्रेस यूनियनद्दारा आयाेजित पत्रकार सम्मेलनमा कर्णाली समृद्दिका लागि पूर्वाधार विकास,राेजगारी सृजना र गरिबी अन्त्य पहिलाे प्रथामिकताका रहेकाे उल्लेख गरे ।

उनले भने,”गरिबी,बेराेजगारी र विकटता कर्णालीका चुनाैती हुन् । अहिलेकाे बजेटले बेराेजगारी अन्त्य,उत्पादन बृद्दि,गरिबी अन्त्य लगायतका क्षेत्रलाई जाेड दिएकाे छ ।”

संघियताकाे साढे ६ वर्षमा विकासका जग बसेका छन् । अझै कर्णालीका ७९ वटा स्थानीयतह मध्य १० स्थानीयतहमा सडक पुगेकाे छैन् ।

गाउँगाउँमा सडक पुराउने,पर्यटन,कृषि,जल,जमिन,जडिबुटि संग यूवालाई जाेडेर वर्षमा १० हजार यूवालाई राेजगारी दिन डेढ अर्ब लागतकाे कर्णाली समृद्दिकाे आयाेजना संचालन गरिने समेत अर्थमन्त्री सिंहले जानकारी दिए ।

सिमित स्राेत साधन र असिमित आबश्यकताले अपेक्षित विकास हुन सकेकाे छैन् । तथापी संघियतापछि विकासकाे जग बसेकाे कुरालाई नकार्न सकिन्न । जगलाई बलियाे बनाएर आर्थिक रुपमा समृद्द र आत्मनिर्भर प्रदेश बनाउन कर्णाली प्रदेश सरकार लागि परेकाे समेत उल्लेख गरे ।

मन्त्री सिंहले थपे”विकासका हिसाबले कर्णाली निरासनै हुनु पर्ने स्थिति छैन् । विकासकाे जग बसिसकेकाे छ । अब आर्थिक समृद्दिकाे जग बसाल्न जरुरी छ । उत्पादन,कृषि, र पर्यटनलाई व्यवसायीकरण गरि राेजगारि उपलब्ध गर्ने हाम्राे लक्ष्य छ । समृद्द कर्णाली परियाेजनाकाे कार्यविधि बन्दै छ । उत्पादनसंग यूवालाई जाेडिने छ ।”

साथै प्रदेशका आयाेजनालाई पहिलाे चाैमासिककाे कार्तिक भित्रै ठेक्का आह्वान तथा याेजना सम्झाैता गरिसक्ने नीति लिईने छ । चालू आवमा वित्तिय अनुसाशन कायम बजेट खर्चमा प्रभावकारिता ल्याईने छ ।

गरिबी बराेजगारी कर्णालीका मुख्य चुनाैती भएकाेले सरकार अब उत्पादन बृद्दि र राेजगारी केन्द्रित कार्यक्रम संचालन गरिने छ उल्लेख गरे । साथै संघियता पछिका विकासलाई जनस्तरमा पुराउन तथा विकासकाे अनुभूति हुने गरि काम गर्न प्रदेश सरकार र मातहतका निकायलाई समेत निर्देशित गरिएकाे मन्त्री सिंहले जानकारी दिए ।

साथै जुम्लाकाे रैथाने उत्पादनलाई ब्राण्डिङ गरेर आयात प्रतिस्थापन गर्ने तथा बजारीकरणमा जाेड दिएर किसानकाे आयस्तर बृद्दिमा समेत जाेड दिईने छ । भने उत्पादनका आधारमा अनुदान टुक्रे याेजनाकाे अन्त्य,बहुवर्षिय याेजनालाई बजेटमा प्रथामिकता दिईने छ ।

कर्णालीका १० वटै जिल्लाकाे समानुपातिक विकासलाई ध्यान राखेर वर्तमान सरकार अघि बढ्ने छ । भने,आर्थिक मन्त्रि सिंहले शुक्रबार नेपालकै जेठाे प्राविधिक शिक्षालयकाे वार्षिक उत्सवलाई संबाेधन गर्ने छन् ।

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस