कनकासुन्दरीको बुढुगाउँका ८२ घरधुरीमा खानेपानीका धारा

कनकासुन्दरी गाउँपालिका – बुढुगाउँका ८२ घरधुरीमा खानेपानीका धारा पुगेको छ । नेपाल सरकार, फिनल्याण्ड सरकार, युरोपियन युनियन कनकासुन्दरी गाउँपालिका र उपभोक्ता समितिको सहयोगमा ८२ घरधुरीमा खानेपानीको धारा पु¥याइएको गाउँपालिकाले जनाएको छ ।
सबैका लागि दिगो खानीपानी सरसफाई तथा स्वछता परियोजना (सुस्वा) को सयुक्त लगानीमा संचालित बुढु खानेपानी सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको हो । कुल लागत ४४ लाख ७१ हजार ६ सय ५१ रुपैय ०९ पैसामा आयोजना निर्माण सम्पन्न भएको सुस्वा परियोजना संयोजक प्रताप हितानले बताए ।
आयोजनाको २ हजार ७० मी शाखा पाइप लाइन, इन्टेक निर्माण १ वटा, पानी जम्मा गर्ने ट्यांकी २० घनमिटरको १ वटा, भल्ब च्याम्बर ३ वटा, १ वटा धारा बुढु स्वास्थ्य चौकी, १ वटा धारा माबि बुढु चौतारा र ८२ घरधुरीमा धारा सम्पन्न भएको जनाएको छ । सवै घरधुरीमा एक घर, एक धारा, एक भाडा सुकाउने चांग एक हातधुने स्थानका साथै एक घर एक शौचालय निर्माण गर्न लगाउने र पूर्ण सरसफाई युक्त गराउने परियोजनाको लक्ष्य रहेको गाउँपालिका अध्यक्ष दामोदर आचार्यले बताए ।

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस