तातोपानीको विकासखर्च ७३ प्रतिशत,१६६ योजना निर्माण

??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

जुम्ला । विकास र सेवा प्रवाहमा जिल्लाका आठ स्थानीयतह मध्य तातोपानी गाउँपालिका अब्बल सावित भएको छ । तातोपानी बैशाख मसान्तमै ९३ प्रतिशत योजना निर्माण सकेर अन्तिम भुक्तानी गर्ने कर्णालीकै पहिलो स्थानीयतह समेत बनेको हो । ईच्छा शक्ति तथा कर्मचारी र जनप्रतिनिधिबीचको समन्वय सहकार्य प्रभावकारी भएमा स्थानीयतहले जनअपेक्षित काम गर्ने,असारे विकासको अन्त्य गर्न सक्ने,पुँजीगत खर्च बढाउन सक्ने र गुणस्तरीय विकास तथा चुस्त सेवा दिन सक्ने गतिलो सन्देश तातोपानी गाउँपालिकाले जुम्लामा दिएको छ ।

विगतका वर्षमा असारमा भुक्तानी लिनेको भिड हुने तातोपानीमा यसवर्ष बैशाख मसान्तमै ९३ प्रतिशत योजना सम्पन्न भएपछि भिड शुन्य मात्र थिएन् । छुटेका भुक्तानी लिन कहिले आउँलान भन्नेर कर्मचारी पर्खिनु पर्ने अबस्था सृजना भयो । उपभोक्ता समयमै नआएका कारण बाँकी ७ प्रतिशत मात्रै योजनाको असारमै भुक्तानी गयो । केहि विबादित योजना बाहेक विनियोजित भएका सबै योजना निर्माण सम्पन्न भएका छन् ।

सेवा प्रवाह र विकास निर्माणका दृष्टीले तातोपानी जिल्लाकै अब्बल कहलिनुमा पालिकाले अपनाएको कार्यसम्पादन सम्झौता नीति,बैशाखमै भुक्तानी दिएर सक्ने, लगायतका काम गर्ने नविन तबरतरिकानै हुन । जुन अन्य पालिकाका लागि अनुसरण योग्य समेत छन् ।

७३ % भौतिक प्रगती,१६६ योजना निर्माण
तातोपानी गाउँपालिकाले बितेको आर्थिक वर्ष ०७९÷८० मा ७३.१८ प्रतिशत भौतिक प्रगती हासिल गरेको छ । जुन अन्य पालिकाको तुलनामा बढीनै हो । भने स्वयम तातोपानीकै गत आवको भन्दा विकास खर्च बढी हो । कुल विनियोजित ६३ करोड ७४ लाख ९४ हजार ९०१ बजेट मध्य असार मसान्त सम्म ५० करोड २९ लाख ९६ हजार ९५५ रुपैया अर्थात कुल ७८.९ प्रतिशत बजेट खर्च भएको छ तातोपानीका लेखापाल शिवराज न्यौपानेले बताए ।

उनका अनुसार पुँजीगत तर्फ विनियोजित कुल २६ करोड ९२ लाख ३३ हजार २२५ रुपैया मध्य असारमसान्तसम्म १९ करोड ७० लाख ३६ हजार २२३ रुपैया अर्थात ७३.१८ प्रतिशत खर्च भएको छ । त्यस्तै चालु तर्फ विनियोजित ३६ करोड ८२ लाख ६१ हजार ६७६ रुपैया मध्य ८३.८ प्रतिशत खर्च भएको लेखाशाखाले जानकारी दिएको छ । लेखापाल न्यौपानेकानुसार तातोपानीको विकास खर्च विगतको भन्दा निकै सुधार भएको हो ।

तातोपानीले एकै वर्षमा १९ करोड ७० लाखबढी बजेट खर्चेर झण्डै १ सय ६६ बढी साना ठुला योजना निर्माण भएका छन् । शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन,खानेपानी,भवन,सडक लगायतका क्षेत्रमा १ सय ६६ वटा योजना निर्माण सम्पन्न भएको तातोपानीका योजना शाखा प्रमुख तथा अधिकृत छैटौ ओम बहादुर चन्दले बताए ।


उनका अनुसार पालिकाको वित्तिय समानीकरण तर्फ १३६ योजना मध्य १२६ सम्पन्न भई भुक्तानी भएको छ । भने प्रदेश अन्तरर्गतका २१ वटा योजना मध्य १९ वटा सम्पन्न भएका हुन् । प्रदेशका दुई योजना विभित कारण अघि बढेनन् । त्यस्तै,संघिय सरकारको लगानीमा ५ वटा ठुला ठेक्का पट्टाका योजना समेत सम्पन्न भई भुक्तानी भएको छ ।

भने राष्ट्पति शैक्षिक सुधार कार्यक्रम अन्तरर्गत ६ वटा विद्यालय भवन समेत निर्माण भईसकेका छन् । यसरी संघ प्रदेश र पालिकाका विभिन्न शिर्षक अन्तरर्गतका करिब १ सय ६६ योजना निर्माण सम्पन्न भएको अधिकृत छैटौ चन्दले जानकारी दिए ।
ईन्जिनियर डिल्ली बुढाले तातोपानीका ८ वटा मध्य ५ वटा वडाले शतप्रतिशत योजना सम्पन्न गरेको बताए । पालिकाका वडा नं. १,२,५,६ र ७ ले छनोट भएका सबै योजना निर्माण गरी वडागत रुपमा शतप्रतिशत भौतिक प्रगती हासिल गरेको ईन्जिनियर बुढाले उल्लेख गरे । भने, खानेपानी योजना निर्माणबाट तातोपानीका करिब ३२ सय घरधुरी मध्य १७ सय ५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

प्राविधिक कर्मचारी नियमित खटाई,प्रशासनिक कर्मचारीको चुस्त सेवा र जनप्रतिनिधि प्रभावकारी समन्वय तथा निरन्तर निरिक्षण अनुगमनले तातोपानी विकास र सेवामा जिल्लामै अब्बल भएको तातोपानीका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए ।
उनले भने,“पहिलो वर्ष सफल भएको अनुभुति छ । पूर्वाधार विकास,रोजगारी सृजना र शिक्षा क्षेत्रमा केहि उल्लेखीय काम भएका छन् । कर्णालीमै पहिलो पालिकाका रुपमा बैशाखमै आर्थिक वर्ष सक्यौ । तर पनि सिमित स्रोतका बीच असिमित आबश्यकता पुर्ति गर्नुपर्ने चुनौती छ ।”

महिला शसक्तिकरण,उद्यशीलता विकास,रोजगारी सृजना,न्याय सम्पादन लगायतका क्षेत्रमा समेत उल्लेखीय काम भएको उपाध्यक्ष रेवती रावलले बताईन् । उनका अनुसार चालु आवमा एकल महिला उद्यमशीलता,महिलालाई सिप र प्रविधिसंग जोड्ने कार्यक्रममा जोड दिईने छ ।

सेवा प्रवाहलाई चुस्त बनाउन,नागरिकका गुनासा सुनुवाई संबोधन गर्न तातोपानीले प्रत्यक चौमासिकमा समिक्षा तथा सार्वजानिक सुनुवाई गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए । उनका अनुसार वार्षिक सार्वजानिक सुनुवाई आईतबार हुदैँ छ । सुशासन र पारदर्शीता संगै नागरिकको सूचनाको हकलाई समेत कार्यान्वयन गर्न लागि परेको उनको भनाई छ ।
३६ बुदेँ कार्य सम्पादन सम्झौता
ग्त वर्षबाट सुरुवात भएको कार्यसम्पादन सम्झौतालाई तातोपानीले यस वर्ष निरन्तरता दिएको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा नियमावली, २०६५, निजामति सेवा ऐन, २०४९ तथा नियमावली २०५०, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उल्लेखित प्रावधानका आधारमा कार्यसम्पादन सम्झौता गरिएको हो ।


पुँजीगत खर्च बढाउने,असारे विकासको अन्त्य गर्ने,सेवालाई चुस्त बनाउने उद्देश्यले तत्कालीन प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाको पालाबाट सुरु भएको कार्यसम्पादन सम्झौतालाई चालु आवमा पनि निरन्तरता दिइएको प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए ।

उनका अनुसार पालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत तथा प्रमुख प्रशासकिय अधिकृत र विषयगत शाखा प्रमुख संग कार्यसम्पादन सम्झौता गरिएको छ । दुबै पक्षबीच ३६ बुदेँ कार्यसम्पादन सम्झौता भएको छ । सम्झौता बमोजिम बैशाख मसान्तमै योजना निर्माण र भुक्तानी सक्ने,सेवा प्रवाहलाई सरल छिटो र चुस्त बनाउन,कर्मचारी र जनप्रतिनिध दुबै पक्ष जिम्मेवार गम्भीर हुनुपर्ने छ ।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस