गुठीचौर गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुदै

जुम्लाको गुठीचौर गाउँपालिकाले प्रशासनिक भवन निर्माण गर्न थालेको छ । गाउँपालिकाको ४ नम्वर वडाको धवलमुडीमा २१ सय वर्गमिटर क्षेत्रफल जग्गामा प्रशासनिक भवन निर्माण गर्न थालेको हो ।
९ करोड लागतमा प्रशासनिक भवन निर्माणधिन अवस्थामा रहेको गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताए । उनले भने डोलिधारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानीमा प्रशासनिक भवन निर्माण कार्य सुरु गरिएको हो ।
यहाँका एक नगरपालिका र सात गाउँपालिका छन् । चन्दननाथ नगरपालिका र सिंजा गाउँपालिका आफ्नै प्रशासनिक भवनबाट कार्यसम्पादन गर्दै आएका छन् । गुठीचौर गाउँपालिकाले केही भाडाका घर केही आफ्नै पुरानै भवनबाट कार्यसम्पादन गर्दै आएको छ । तिला गाउँपालिकाको अघिल्लो जनप्रतिनिधिको कार्यकालमा प्रशासनिक भवनको निर्माण कार्य थालनी गरेपनि पूर्ण रुपमा निर्माण सम्पन्न हुन सकेको छैन । केही शाखा कार्यालय निर्माणाधिन प्रशासनिक भवन सारेपनि गाउँपालिकाको मुख्य कार्यालय भने भाडाकै घरमा रहेको छ ।
यस्तै कनकासुन्दरी गाउँपालिका, हिमा गाउँपालिका र पातारासी गाउँपालिका लामो समयदेखि भाडाकै भवनबाट प्रशासनिक कार्यसम्पादन गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस