कर्णालीका २ लाखबढी पशुचौपायमा संक्रमण,साढे ९ हजार मरे

जुम्ला । जुम्ला सहित कर्णाली प्रदेशका १० जिल्लाका २ लाख १८ हजार ७ सय ८२ वटा पशुचौपायमा लम्पी स्किन भाईरसको संक्रमण भईसकेको छ । भने कुल संक्रमित चौपाय मध्य साढे ९ हजारको मृत्यु भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले आईतबार सार्वजानिक गरेको असार ३१ गते सम्मको तथ्यांक अनुसार कर्णाली प्रदेशका १० वटै जिल्लागरी २ लाख १८ हजार ७ सय ८२ वटा पशुचौपायमा संक्रममित भएकोमा ९ हजार ६ सय २० पशुचौपायको मृत्यु भएको पशु सेवा अस्पताल जुम्लाका कार्यालय प्रमुख ज्ञानेन्द्र सिंह बुढ्थापाले बताए ।

लम्पी स्किन भाईरसबाट जुम्लाका १२ हजारबढी पशुचौपाय संक्रमित भएका छन् । असार ३१ गते सम्मको तथ्यांकअनुसार जुम्लाका १२ हजार ३ सय १५ पशुचौपायमा संक्रमित हुँदा ३ सय ६५ चौपायको मृत्यु भएको प्रमुख बुढ्थापाले जानकारी दिए । । उनका अनुसार जुम्लामा पशुपन्छि संख्या २ लाख ८ हजार २ सय ७ रहेका छ । त्यसमध्य १२ हजारबढीमा भाईरस संक्रमण भएको हो ।

संक्रमणको तथ्यांक प्रत्यक महिनाको सार्वजानिक गर्ने गरिएको छ । अहिले सम्म नयाँ तथ्यांक आएको छैन् । सबै पालिकाले जिल्लामा विवरण बुझाएपछि नयाँ तथ्यांक आगामी साउन २४ गते मात्रै सार्वजानिक हुन्छ । हाल असार ३१ कै तथ्यांकलाई मात्र आधार मानिएको छ । भने प्रदेशबाट पनि असार ३१ कै तथ्यांक अनुसार खोप व्यवस्थापनको लागि समन्वय भईरहेको प्रमुख बुढ्थापाले उल्लेख गरे ।

उनले भने,“जुम्ला सहित साविक कर्णालीमा जाजरकोटबाट संक्रमण फैलिएको देखिन्छ । सबैभन्दा बढी दैलेख र सबैभन्दा कम मुगुमा पशु चौपाय संक्रमित भएका छन् । मृत्युदर कम भएकोले खोपको प्रयाप्तता भएको खण्डमा संक्रमण रोकिन्छ ।”

असार ३१ सम्मको तथ्यांक अनुसार कर्णालीका १० जिल्ला मध्य सबैभन्दा धेरै दैलेखमा ७४ हजार ७ सय २३ गाई गोरु तथा भैसीमा संक्रमण भएकोमा ५ सय ९६ वटाको मृत्यु भएको छ । भने सबैभन्दा कम मुगुमा ४ सय ३१ चौपायमा संक्रमित मध्य १ सय २१ चौपायको मृत्यु भएको छ ।

            यस्तो छअसार ३१ गते सम्मको तथ्यांक,नयाँ तथ्यांक साउन २४ गतेपछि मात्रै आउने

त्यस्तै हुम्लाका १३ हजार ५९८ पशुचौपायमा सक्रमित भएकोमा १९ सय ८३ को मृत्यु,डोल्पामा ५ हजार ९०८ पशुचौपाय संक्रमित हुँदा ३१४ पशुचौपायको मृत्यु भएको छ । साथै कालिकोटका ७ हजार ५२२ संक्रमित मध्य ८ सय २७ को मृत्यु,सुर्खेतका २९ हजार ४६६ संक्रमित मध्य १ हजार ४६ वटा चौपायको मृत्यु भएको छ । भने,सल्यानका ३४ हजार ४०८ पशुचौपाय संक्रमित हुँदा १ हजार २२ को मृत्यु भईसकेको छ ।

रुकुम पश्चिमका १७ हजार ३६२ चौपाय संक्रमित भएकोमा ४६९ को मृत्यु र जाजरकोटका २३ हजार ४९ पशुचौपाय संक्रमित हुँदा २८ सय ७७ पशुचौपायको मृत्यु भएको हो । यसरी कर्णालीका १० जिल्लाका २ लाख १८ हजार ७८२ पशुचौपाय संक्रमित हुँदा ९ हजार ६२० को मृत्यु भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले जानकारी दिएको छ ।

तथ्यांकअनुसार कर्णालीका १० जिल्लाका १ लाख २० हजार ९६३ गोरुमा संक्रमित हुँदा ५ हजार ३६ गोरु मरेका छन् । अधिकांश किसानका गोठ रित्तिएका छन् । आउने मंसिरमा जौबाली रोप्नै मुस्किल हुने अबस्था आएको छ ।

कुल संक्रमित २ लाख १८ हजार ७८२ मध्य १ लाख ४० हजार ७४६ पशुचौपायको उपचार गरिएको छ । भने १२ हजार ५५३ पशुचौपायले मात्र खोप पाएका छन् । प्रमुख बढ्थापाले भन्नुभयो,“मान्छेमा नसर्ने भएकोले खाँदा समस्या छैन् । तर पशु चौपाय भैसीमा कुनै एन्टिबाईटिक चलाएको भए खानुहुदैन् । अहिले एन्टिबाईटिक चलाएको पशु तथा भैसिको दुध सक्भर नखानुहोस् ।”
साथै आठै पालिकाका लागि थप ठोस खोप आई पुगेको कार्यालय प्रमुख बुढ्थापाले बताए । उनका अनुसार एक पालिकाका २ सय पशुचौपायलाई पुग्नेगरी खोप वितरण गरिएको छ । गुठिचौर गाउँपालिकाले आईतबार लिई सकेको छ । खोप मात्रलाई प्रयाप्त गरेको खण्डमा संक्रमणबाट पशुचौपायलाई जोगाउन सकिने छ ।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस