
जुम्ला ।तातोपानी गाउँपालिका वडा नंं २ का ३४ वर्षिय मान बहादुर खत्री विगत डेढ वर्षदेखि मृगौला सम्बन्धी गम्भीर समस्याबाट ग्रसित थिए । आर्थिक अभावले केही महिना घरमै थला परे । गाउँले सहयोग उठाएर काठमान्डौ हुदैँ भारतको लखनउँ सम्म लिएर उपचार गराए ।
मृगौलामा समस्या आईसकेकोले प्रत्यारोपणको विकल्प नरहेको डाक्टरहरुले सल्लाह दिए । सोहीअनुसार परिवारले प्रत्यारोपणको लागि खर्च जोहो गरेता पनि सम्भव भएन् । अहिलेको समयमा सित्तैमा पानी सम्म पाईदैन् । मृगौला दिने मान्छे पाउनु खत्रीका लागि ‘आकाशको फल,आँखा तरी मर’ भने जस्तोनै थियो ।
मृगौला दिने मान्छेकै खोजीमा रहेका खत्रीका दम्पत्तीलाई एक अबसर आयो,मृगौला दिएर, मृगौला हाल्ने । दाङकी सोफिया श्रेष्ठलाई पनि मृगौला प्रत्यारोपण गर्नुपर्ने थियो । प्रत्यारोपण केन्द्रले क्रसम्याच गर्दा खत्रीकी श्रीमती ललिता रोकायाले सोफिया श्रेष्ठलाई मृगौला प्रत्यारोपण गरेको खण्डमा खत्रीलाई मृगौला पाईने भयो ।
आफ्नो श्रीमानको जीवनरक्षाका लागि मानबहादुरकी श्रीमती ललिता सोफियालाई मृगौला दिन तयार भईन् । उनले सोफियालाई आफ्नो मृगौला प्रत्यारोपण गरेपछि दाङका विकल्प पोखरेलले डेढ वर्षदेखि थलिएका मान बहादुर खत्रीलाई मृगौला दिए । गत साता सहिद धर्मभक्त राष्ट्यि प्रत्यारोपण केन्द्रमा खत्रीलाई मृगौला प्रत्यारोपण गरियो ।
अहिले दुबै श्रिमान श्रीमती उपचारमै छन् । तर उपचार खर्चकाे चरम अभाव भएकाे छ । मृगौला प्रत्यारोपणमै ऋण गरेको ७÷८ लाख सकियो । अझै आईसियूममै छन् । होस खुलेको छैन् । कुरुवा मिम कार्की भन्छन,“मृगौला प्रत्यारोपणका लागि ऋण जोहो गरेको ७÷८ लाख रुपैया सबै सकियो । खल्तीमा चिया खाने पैसा समेत छैन् । अस्तालमा अझै एक महिनाबढी राख्ने कुरो छ । कसरी खर्च चलाउने ? एकदिनमै १०÷१२ हजारको औषधी किन्नु पर्छ ।”
खाने बस्ने त परै जावस औषधी उपचारका लागि मात्रै कम्तीमा ५÷६ लाख खर्च हुने देखिन्छ । डाक्टरले बेला बेला औषधी ल्याउन चिट दिन्छन् । कसरी औषधी ल्याउने ? गोजीमा सुक्को छैन् । निकै तनाव भएको कुरुवा कार्कीले जानकारी दिए । मुस्किलले मृगौला प्रत्यारोण गरिएका मान बहादुर खत्री र उनीको श्रीमती ललिताको थप उपचारका लागि आर्थिक अभाव भएपछि उपचार खर्चको याचना गरिरहेका छन् ।
मृत्युको मुखबाट फर्किएका मान बहादुरलाई गाउँघरमा फर्किने,समाज,छरछिमेकसंग संग रमाउने ईच्छा र चाहना छ । यदी प्रत्यारोापणपछि उनको उपचारमा आर्थिक जुट्न नसके गाउँ फर्किने,छरछिमेक संग रमाउने उनको ईच्छा अधुरै पनि हुन सक्छ । त्यसैले सक्दो आर्थिक सहयोग गरिदिन मानबहादुर दम्पत्तिले सम्पुर्णमा अपिल गरेका छन् ।
सहयोग गर्न चाहने महानुभावले कुरुवा तथा ललिताका भाई नाता पर्ने मिम कार्कीको ग्लोबल आइएमई बैंकमा रहेको खाता नम्बर (१८७०७०१०००२७५५) मा ईच्छानुसारको सहयोग गर्न सक्नुहुन्छ ।