जुम्ला ः संघीयतापछि स्थानीय तहमा जनप्रतिनिधि आएदेखि जुम्लाको हिमा गाउँपालिकामा करिव १३ सय अर्थात ५० प्रतिशत बढी घरधुरीमा खानेपानीका धारा पुगेको छ । जनगणना २०७८ अनुसार हिमा गाउँपालिकाको जनसंख्या १२ हजार १९१ जना मध्ये पुरुष ६ हजार १५४ जना र महिला ६ हजार ७६ जनाको रहेको छ । हिमाका दुई हजार १७६ घरधुरी मध्ये एक हजार दुई सय ९५ घरधुरीमा खानेपानी पुगेको हो ।
हिमा गाउँपालिका – १ बड्की गाउँमा १६६ घरधुरी र देवारगाउँमा ११४ घरधुरीमा खानेपानी पुगेको छ । सोही गाउँपालिका – ३ जोगीवाडामा ८४ घरधुरी र ४ नम्बर वडाको ३१७ घरधुरीमा खानेपानी पुगेको छ ।
वडा नम्बर ५ बाजागाड गाउँमा १२५ घरधुरी र बुअगाउँमा १६२ घरधुरीमा खानेपानी पुगेको हिमा गाउँपालिका जुम्लाका सव इन्जिनियर दर्शन उपाध्यायले बताए । उनले भने वडा नम्बर ६ डाडाबाडा गाउँका ७६ घरधुरी र खलढुंगा गाउँको ९३ घरधुरीमा खानेपानीका धारा पुगेका छन् ।
वडा नम्बर ७ माथिबुडुमा ७४ घरधुरी र ठुलो चिउडी गाउँमा ८३ घरधुरीमा खानेपानीका धारा पुगेको हिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए । उनले भने यिनै गाउँका हरेक घरधुरीमा खानेपानीका धारा पु¥याउने किर्डाक नेपाल, सुस्वा परियोजना लगायत गैरसरकारी संस्थाको प्राविधिक सहयोग रहेको छ ।
गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीका अनुसार अबको ४ वर्षमा सवै घरधुरीमा खानेपानी पु¥याउने लक्ष्य राखिएको छ । उनले भने यहाँका ५० प्रतिशत बढी घरधुरीमा एक घर, एक खानेपानीको धारा पुगिसकेको छ । यहाँका सवै घरधुरी, कार्यालय र विद्यालयमा खानेपानी पु¥याउने योजना अनुसार काम भईरहेको छ । अब हिमाबासीले नदी, खोला, कुला, नाउलाको दुषित पानी खानु पर्ने अबस्थाबाट मुक्ति पाउने छन् ।
हिमाका ५० प्रतिशत बढी घरधुरीमा खानेपानीका धारा
प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस