जुम्ला । जुम्लामा सवारीको चाप बढेसंगै ट्राफिक उल्लंघन तथा सवारी दुर्घटना पनि उत्तिकै बढ्दै गएको छ । साँघुरो एक लेनको सडकमा क्षामता भन्दा बढी यात्रु हाल्ने,मादक पर्दाथ सेवन गरी सवारी चलाउने,बिना लाईसेन्स चलाउने,अनाआबश्यक ओभरटेक गर्ने,स्पिड चलाउने लगायतका समस्या कर्णाली राजमार्ग बढ्दै गएका हुन् ।
यदपी,ट्राफिक प्रहरीले चालकहरुसंग सचेतनाका कार्यक्रमहरु नगरेको हैन् । तर चालकहरुको अटेरी,यात्रुको लापरबाहि र साँघुरो सडकका कारण सवारी दुर्घटना वर्षेनि बढ्दै गएको देखिन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७९÷८० मा ३१ सयबढी सवारी कारबाहिमा परेका छन् । ३ हजार १ सय ७२ वटा सवारी कारबाहि मार्फत गत आवमा २६ लाख ५ सय राजश्व संकलन भएको ट्राफिक प्रमुख सरद चौधरीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मोटरसाईकल ११ सय ६९ वटा र सबैभन्दा कम बस २६५ वटा कारबाहिमा परेका छन् ।
ट्राफिक कार्यालयको तथ्यांकअनुसार ११ सय ५९ मोटरसाईकल कारबाहिबाट २ लाख ५८ हजार,२७५ ट्रक टयांकरबाट २ लाख ११ हजार ५ सय,२६५ मिनिबस कारबाहिमा पर्दा २ लाख ११ हजार ५ सय राजश्व संकलन भएको छ ।
त्यस्तै,४६७ कार जीप भ्यान कारबाहि पर्दा ३ लाख ८३ हजार,२७९ ट्याक्टर कारबाहिबाट २ लाख ५६ हजार र ७२७ वटा टेम्पो अटो रिक्सा कारबाहिबाट ५ लाख ८० हजार ५ सय गरी जम्मा ३१ सय ७२ सवारी कारबाहिबाट २६ लाख ५ सय राजश्व संकलन भएको ट्राफिक प्रमुख चौधरीले कारोबारलाई जानकारी दिए । उनका अनुसार गत आवमा मापसे प्रयोग गरी सवारी चलाउने १५० जना कारबाहिमा परेकोमा उनीहरुबाट १ लाख ५० हजार राजश्व उठेको छ ।
साथै गत आवमा २५ वटा सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु र ६३ जना घाईते भएका थिए । बितेको आव ०७८÷७९ मा २५ सय १५ सवारी कारबाहिमा पर्दा २२ लाख ८२ हजार राजश्व संकलन भएको थियो । भने ३१ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु ६६ जना घाईते भएको थिए ।
ट्राफिक प्रहरीले गाउँ गाउँमा पुगेर विद्यार्थी,समुदाय,नयाँ चालक,व्यवसायी,सर्वसाधारण, ट्राफिक नियम सम्बन्धी ३ सय १६ पटक जनचेतना मुलक कार्यक्रम गरेको छ । उक्त कार्यक्रमबाट ४ हजार १ सय ८६ जना नागरिक प्रत्यक्ष लाभान्वित भएका थिए ।
सचेतना मुलक कार्यक्रम सञ्चालन हुदै आएपनि चालकको अटेरीकै कारण सवारी दुर्घटना वर्षेनी बढ्दै गएको छ । साँघुरो एक लेनको सडकमा हुने ट्राफिक नियम उंलघनले दुर्घटना बढाउने निश्चित छ ।