
जुम्ला । भारतको केदारनाथ गौरीकुण्डमा भिषण पहिरोले होटल बगाउँदा जुम्लाको पातरासी गाउँपालिकाका ११ जना बेपत्ता भएका छन । गौरीकुण्डमा रहेको रहेका तीन वटा होटल पहिरोले बगाउँदा जुम्ला पातारासीका ११ जना बेपत्ता भएका हुन् ।
केदारनाथमा रहेका आफन्तसँग बुझ्दा हालसम्म ११ जना बेपत्ता रहेको प्रारम्भीक जानकारी प्राप्त भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताईन् । उनले भनिन,“बेपत्ता हुनेमा पातारासीका ११ जना रहेको खुलेको छ । नाम ठेगाना एकिन हुदैँ छ । सबै विवरण बुझेर सार्वजानिक गर्ने छौ ।”
यदपी सामाजिक सञ्जालमा भने २५ जना बढी बेपत्ता रहेको आईरहेको छ । पातसारी गाउँपालिकाको वडा नम्बर २ र ३ का गरी ११ जनाको पहिचान भएको पालिकाकी उपाध्यक्ष जनमाया रोकायाले बताइन ्। एकै घरका सात जना बेपत्ता भएको खबर आएको छ ।
तर भारतीय मिडियाले भने जुम्ला र हुम्ला जिल्लाका १० जना बेपत्ता रहेको जनाएका छन् । बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावत रहेको बताइएको छ । यस्तै, हुम्ला घर भएका वीरबहादुरले गौरीकुण्डमा होटल गर्दै आएका थिए ।
उनको होटलमा खाना खान गएको बेला पहिराले होटल बगाएको भारतीय मिडिया जागरणले जनाएको छ । पहिरोमा पर्ने होटल सञ्चालक वीरबहादुर, उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर छन् । उनीहरूको थर खुलेको छैन ।
वीरबहादुरकै होटलमा खाना खान गएका धर्मराज बुढा र छोरा मानबहादुर बुढा पनि बेपत्ता छन् । बेपत्ता हुने थप सात जना पनि नेपाली रहेको खबरमा उल्लेख छ । तर उनीहरूको नेपालका कुन ठाउँका भन्ने खुलेको छैन । बेपत्ता हुनेमा अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीद्वय राधिका र पिंकी रहेका छन् ।
यता प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पातारासीका अध्यक्ष उपाध्यक्षबाटै आफुलाई जानकारी प्राप्त भएकोले घटनाबारे गृहमन्त्रालयमा समेत जानकारी पठाई सकेको बताए ।
दिल्ली दूतावासलाई भारतीय प्रहरी बाट प्राप्त जानकारी अनुसार १६ जना नेपाली र ३ भारतीय गौरीकुण्डबाट केदारनाथ जाने बाटोको बीचमा हिजो राती ११ः३० बजे पहिरोमा परी हराएको भन्ने सूचना प्राप्त भएको हालसम्म ३ जनाको शब भटीएको तर पहिचान हुन नसकेको खोजी कार्य जारी रहेको जुम्लाकी सांसद कान्तिका सेजुवालले बताएकी छन् ।
घटनाबारे एकिन तथ्य विबरण आउन बाँकी छ ।