आन्तरिक पर्यटकको रोजाईमा‘वनस्पति उद्यान’:दैनिक पुग्छन् सयौ पर्यटक

उद्यानमा सय प्रजातीका वनस्पतिको संरक्षण र अनुसन्धान,
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका ५ स्थित ‘धिताचौर वनस्पति उद्यान’ पर्यटकिय गन्तव्य बनेको छ । आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेसंगै उद्यान पर्यटकिय गन्तव्यका रुपमा विकसित हुदैँ हो । विभिन्न वनस्पतिको अध्यायन अनुसन्धान तथा संरक्षणका लागि सञ्चालित समुद्री सतहदेखि २ हजार ५ सय ३६ मिटर उचाईमा अवस्थित उद्यानमा दैनिक सयौको संख्यामा आन्तरिक पर्यटक जान थालेका छन् ।

जुम्लामा धिताचौर वनस्पति उद्यानसहित धिमिचौर,चेरे चौर,डाँफे लेक,खाली पाटन,नेपालकै दोस्रो ठुलो गुम्बा लगायतका थुप्रै पर्यटकिय स्थलहरु छन् । जहाँ दैनिक सयौको संख्यामा आन्तरिक पर्यटकको भिड लाग्ने गर्दछ ।

तर अन्य क्षेत्र भन्दा धिताचौर वनस्पति उद्यान आन्तरिक पर्यटकको रोजाईमा छ । शान्त तथा हरियाली वाताबरण,थरीथरी फूलहरु,कृतिम हिमाल,पुरै सदरमुकाम तथा गुठिचौर क्षेत्रको दृष्य अवलोक गर्न सकिने,उद्यानका आर्कषण हुन् । सदरमुकामबाट छोटो दुरीमा रहेको र व्यवस्थित पनि भएकोले आन्तरिक पर्यटकको घुईचो लाग्ने गरेको हो । टिकटक बनाउने,देउडा खेल्ने,नाच्ने गाउँने,पिक्नीक खाने रमाउने गर्छन् ।निःशुल्क प्रबेश दिइएको उद्यानमा पिक्नीक,भोज खान निषेध गरिएको छ । यदपी,समुहमा जानेहरु उद्यानको छेउछाउमा खाने गर्छन् । सरसफाईमा ध्यान नदिए उद्यानमा सौन्र्दयमा असर पर्ने देखिन्छ ।

“समुद्री सतहदेखि २ हजार ५ सय ३६ मिटर उचाईमा अस्थित धिताचौर बनस्पति उद्यान एकसय प्रजातीका वनस्पतिको अध्यायन अनुसन्धान तथा संरक्षण गर्ने उदेश्यले स्थापना भएको हो । २०५६ सालमा स्थापना भएको यस उद्यानले वनस्पतिबारे जनचेतना अभिृबद्धि गरी स्थानीय नागरिकको जीविकोपार्जनमा सुधार ल्याउने समेत उदेश्य राखेको वनस्पति अनुसन्धान केन्द्रका प्रमुख तेज बहादुर दर्जीले बताए । यदपी,उद्यान पछिल्लो समय पर्यटकिय गन्तव्यका बन्न थालेको छ ।”

रेर्कडअनुसार उद्यानमा दैनिक २ सयदेखि ३ सय र शनिवारका दिन एक हजार सम्म आन्तरिक पर्यटन उद्यानमा पुग्ने गरेका छन् । वनस्पति आन्तरिक पर्यटकको रोपाईमा पर्नु सुखद पक्ष भएपनि सरसफाईमा विशेष चुनौती देखिएको वनस्पति अनुसन्धान केन्द्र जुम्लाका कार्यालय प्रमुख तेज बहादुर दर्जी बताउँछन् ।

४.३६ हेक्टरमा फैलिएको उद्यानमा एक सयबढी प्रजातीका वनस्पतिको संरक्षण तथा अनुसन्धानको काम भईरहेको छ । उद्यानमा आन्तरिक पर्यटकको घुईचो लाग्न थालेपछि सुरक्षा व्यवस्था र फोहोर व्यवस्थापनमा चुनौती देखिएको छ ।

प्रमुख दर्जी भन्छन,“वनस्पति उद्यान भनेको वनस्पतिहरुको बैज्ञानिक व्यवस्थापन गर्ने संग्राहलय हो । वनस्पतिहरुको संरक्षण,वैज्ञानिक नामाकरण,अध्यायन अनुसन्धान गर्ने क्षेत्र हो । भने जनचेतना अभिबृद्धि गरी वनस्पतिका माध्यमबाट स्थानीयको जीविकोपार्जनमा सुधार ल्याउने उद्यानको मुख्य उदेश्य छ । मनोरञ्जन लिनुका साथै उद्यानको संरक्षणमा जुट्न पनि उत्तिकै जरुरी छ ।”

उद्यानमा सुरक्षा चुनौती देखिएको हुँदा प्रहरी प्रशासनले आबश्यक सुरक्षा प्रबन्ध गर्न समेत आबश्यक छ ।

प्रकाशित मिति : २०८० साउन २० गते शनिवार
प्रतिक्रिया दिनुहोस