
जुम्लामा पौने करोड बढी मालपोत राजश्व संकलन गएको छ । जिल्ला मालपोत कार्यालय जुम्लाले गतवर्ष एक करोड ८१ लाख ५० हजार ८७८ रुपैयाँ राजश्व संकलन गरेको हो ।
रजिस्ट्रेशन दस्तुर वाफत ९२ लाख ९३ हजार ८५५ रुपैयाँ, जग्गा रोक्का वाफत १८ लाख ७६ हजार ९८५ रुपैयाँ, पुजिकर लाभकर ६४ लाख ६ हजार ५९८ रुपैयाँ र विविध ५ लाख ७३ हजार ४४० रुपैयाँ राजश्व संकलन भएको कार्यालय प्रमुख नरेन्द्र बहादुर रोकायाले बताए ।
उनले भने राजिनामा, अंशबण्डा, बकसपत्र, रोक्कालगायत यहाँ ७ वटा गाउँपालिका ५५५ र चन्दननाथ नगरपालिका ४१० गरी ९६५ रजिस्ट्रेशन लिखत पारित भएका छन् ।
गत दुई आर्थिक वर्षमा लक्षित बर्गको लागि २२ लाख ६१ हजार २८१ रुपैयाँ छुट गरिएको छ । नगरपालिका भित्रका लक्षित बर्गको लागि २५ प्रतिशत र गाउपालिका भित्रका लक्षित बर्गलाई ५० प्रतिशत छुटको व्यवस्था रहेको छ ।
दृत गतिमा चल्ने इन्टरनेट जडानपछि बिगतका बर्षमा जस्तो सेवाग्राहीले ढिलो सेवा लिनुपर्ने समस्या टरेको छ । सम्पुर्ण प्रक्रिया मिलाएर आएका कागजातको छिटो सेवा प्रवाह भईरहेको प्रमुख रोकायाको भनाई छ ।