गुठिचौरका ६ सहित ७ घर जलाउने यूवा पक्राउ: एक्लैले कसरी गरे श्रृंखलाबद्ध आगलागी ?

??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

जुम्ला । साउन पहिलो साता गुठिचौरका ६ सहित ७ वटा घरमा आगो लगाउने तथा अटो र ट्याक्टर जलाउने व्यक्ति गुठिचौरकै एक जना यूवा रहेको खुलेको छ । गुठिचौर गाउँपालिका वडा नं.४ उखाडीगाउँ निवासी वर्ष ३० का हाल चन्दननाथ नगरपालिका २ भण्डारीबाडा बस्ने रत्न प्रसाद अधिकारीले श्रृखंला बद्ध सात घरमा आगजनी गरेको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले मंगलबार पत्रकार सम्मेलन मार्फत गुठिचौरका ६ सहित ७ घर,एक ट्याक्टर र त्यसअघि एक अटो जलाएर श्रृखंलाबद्ध अपराधीक क्रियाकलपा गर्ने रत्न प्रसाद अधिकारीलाई साउन ६ गते नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरी नायब उपरिक्षक डिएसपी प्रल्हाद कार्कीले बताए ।

पक्राउ परेका अधिकारीसंग सोधपुछ गर्दा गुठिचौरका ६ सहित ७ घरमा भएको श्रृंखलाबद्ध आगलागी घटनाबारे तथ्य खुलेको डिएसपी कार्कीले उल्लेख गरे । साउन ६ गते नीज रत्न प्रसाद अधिकारी साझको समयमा चन्दननाथ न.पा.–१ राना स्थित मुखमा कालो माक्स लगाएर ४ फिट लामो लाठ्ठी बोकेर आफ्नो घर आर्चाय बाडा भएको भन्दैे घर घरमा गई ढोका ढकढकाई को छ घरमा ? यहाँ बास पाईन्छ कि ? भनेर सोधेका थिए ।

सोही बेला स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी त्यहा पुग्यो । रक्सीले लठिएका अधिकारीले प्रहरीलाई अपशब्द प्रयोग गरे । नियन्त्रणमा लिने क्रममा निजले अपशब्द बोली प्रहरी टोली समेतलाई आफ्नो साथमा भएको लाठ्ठीले प्रहार गर्न खोजेपछि अभद्र व्यवहार शिर्षकमा मुद्दा दर्ता गरि निजलाई प्रारम्भिक सोधपुछ गर्दा निजले गुठिचौरका घर आगो लगाउनु पहिले घटाएका घटना सहितको विस्तृप्त बयान दिए ।

रत्न प्रसाद अधिकारी एक्लैले कसरी गरे श्रृखंलाबद्ध आगजनी ? यस्तो छ,घटना विवरण ।

गत असार २६ गते राती पसल चोरी गर्ने उद्देश्यले रत्न प्रसाद अधिकारी रातीको समयमा आफ्नो घरबाट निस्कन्छन् । तल्लो बिगारे स्थित रहेको टिन प्रयोग गरी बनाएको गोदाममा चोरी गर्न खोज्दा टिनको आवाज आउने भए पछि त्यहाँ केही नगरी उनी गुठिचौर गा.पा.–४ बालु स्थित कृष्ण बहादुर अधिकारी संगको रिसिबीईको बदला लिन उनको पसल चोरी गर्न पुग्छन् । पसलको ताला तोड्न नसके पछि असार २७ गते विहान ३ बजेको समयमा भान्सा घर अगाडि पार्किङ गरि राखेको कृष्ण बहादुर अधिकारीको अटोमा लाईटरको प्रयोग गरि आगो लगाइदिन्छन् ।

अटो आफुलेनै आगो लगाएको बयान दिएपछि प्रहरीले अटोधनी अधिकारीलाई कार्यालयमा बोलाएर कुनै रिसिबीई छकी भनी सोद्दा चामलको विषयलाई लिएर पहिले बाद–विवाद भएको भने पछि अटो रिक्साका धनि अधिकारीबाट जाहेरी लिई अपराधिक उपद्रव शिर्षकमा कसुर दर्ता गरि अनुसन्धान भईरहेको छ ।

त्यसपछि साउने २ गतेका दिन प्रतिबादी अधिकारी चन्दननाथ १ बस्ने अन्दाजी ५२ वर्षका साउनेखर कामीको गुठिचौर –५ मा रहेको गाई, भैसी पाल्ने गोठ (आटी) मा पुग्छन् । गोठमा साउनेखर कामी र उनकी श्रीमती पच्चकलि कामी सँग यो गोठमा को–को बस्नु हुन्छ छोराहरु कता छन् विदेश गएका छन कि छैनन् ?

आसपासमा अन्य गोठमा मानिसहरु बस्छन बस्दैन भनि सोध्छन । असार २७ गते बालु भन्ने स्थानमा अटो रिक्सा जलेको थाहा पाउनु भयो कि भएन ? अटो आगजनी गर्ने मान्छे पत्ता लाग्यो कि लागेन भन्ने विषयमा बुझन् ? जो अटोमा आगजनी गर्ने उनी नै थिए

त्यसको भोलीपल्ट निज रत्न प्रसाद अधिकारी साउन ३ गते बिहान २ः४५ बजेको समयमा साउनेखर कामीको गोठमा निजकी श्रीमतीले लगाएको गहरगहना लुटने योजना बनाई पुग्छन् । त्यहा कोहि नभएपछि रिसले (आटी) गोठनै जलाईदिन्छन् ।

त्यसको दुई दिन भोलीपल्ट साउन ५ गते चन्दननाथ –१ डुडाखोज स्थित रहेको ५१ वषीय रतन बहादुर बुढाको .२ तले कच्चि घरमा लुटपाट गर्ने योजना बनाई गएकोमा घरको ढोकाको लक खोल्न सक्दैनन् । लक खोल्न नसकेपछि घरधनी रतन बहादुर बुढा र निजको श्रीमती सुति रहेको अवस्थामा घरको दोश्रो तलाको बारदलीमा झुण्डाइएको डस्नामा झरो र लाईटरको प्रयोग गरी आगो लगाईं प्रतिबादी रत्न प्रसाद अधिकारी जंगलकोबाटो भएर गुठिचौर गाउँपालिका ४ तर्फ लाग्छन् । अनी सुरु हुन्छ एकैरात गुठिचौरका ६ वटा घरमा आगजनीको श्रृंखलाबद्ध घटनाको सुरुवात ।

साउन ५ गतेनै अन्दाजी २३ः५५ बजेको समयमा गुठीचौर गा.पा.–४ बिगारे वस्ने वर्ष ५६ को भिम प्रसाद जैसीको ढुंगा माटोले बनेको ३ तले कच्चि घरको भुई तला गोठमा गँहुको भुष राखेको स्थानमा आगो लगाईदिन्छन् । त्यसपछि उनी खल्लाबाडा तिर हिड्छन्

साउने ६ गते राती १ बजेको समयमा जुम्ला गुठीचौर गा.पा.–४ खल्लावाडा वस्ने वर्ष ५३ को लाल चन्द्र सार्कीको २ तले कच्ची घरको भुई तलाको गोठभित्र रहेको सुकेको घाँसमा झरो र लाईटरको प्रयोग गरी आगो लगाई सिधै सोही वडाको डाँडावाडा गाउँतर्फ जान्छन् ।

त्यही समयमा गुठीचौर–४ डाँडावाडा वस्ने वर्ष ५९ को कविदत्त न्यौपानेको ४ तले घरको भुई तलाको आगनको झ्याल नजिकै रहेको खाटमा डस्ना, तन्ना र नजिकै रहेको सल्लाको झराको सहायताले आगो लगाउँछन् ।

साउन ६ गते सोही राती साढे १ बजेतिर गुठीचौर ४ डाँडावाडा वस्ने वर्ष ३८ को कविदत्त न्यौपानेको ३ तले घरसँगै जोडिएको गोठमा रहेको निगालोमा आगो सल्काई बाहिर निस्किन्छन् । त्यहि नजिकै रहेको पानी ट्यांकिबाट पानी पिन्छन् ।

१५ मिनेटपछि करिब २ बजेर ४५ मिनेटमा डाडाबाडाबाट गुठीचौर –४ धवलपुर बस्ने वर्ष ६९ का खडानन्द पाण्डेको घरमा पुग्छन् । ३ तले घरको भुई तलाको दक्षिण तर्फ मोहड भएको झ्यालसँगै जोडिएको खाटमा आर्मी कलरको ज्याकेट रहेकोमा सोही ज्याकेटमा आगो लगाई फर्किन्छन् । जकेटबाट आगो घरमा सल्कीन्छन् ।

साथै ६ गते राती सोही समयमा गुठीचौर ४ धवलपुरा वस्ने वर्ष ३५ को प्रेम प्रसाद न्यौपानेको ३ तले घरको भुई तलाको ढोका नजिकै झुण्डाईएको महिलाले लगाउने अलादिन (सुरुवाल) झिकी ढोका माथि राखि उक्त लादि (सुरुवाल) मा आगो लगाउँछन् अनि त्यहाबाट निस्कन्छन् । घरमा आगो विस्तारै सल्कीन्छन् ।

साउन ६ गते राती करिब १२ बजेदेखि ३ बजे सम्म ७ गते घरमा आगो लगाईसकेपछि अन्दाजी ३ः१५ बजेको समयमा प्रतिबादी रत्न प्रसाद अधिकारी गुठिचौर गाउँपालिकाको कार्यालय जान्छन् । गाउँपालिका नजिकै रहेको फलामे पुल तरेर वडा नं. ५ प्रवेश गरी झारज्वाला हुदैँ जुम्ला बजार तर्फ आउने मुल सडक गुठिचौर ५ धितागाउँ नजिकै सडक स्तरोन्नतिको कामको सिलसिलामा रारा तेन्जिन कन्ट्रक्सनको लु ५ त १२४४ नम्बरको ट्याक्टर पार्किङ्ग गरी राखेको देख्छन् ।

उनी त्यो ट्याक्टरलाई पनि छोड्दैनन् । चालकको सिट कभरमा आगो लगाएर त्याबाट बजारतिर हिड्छन् । श्रृंखलाबद्ध रुपमा एकै रातमा एकै व्यक्तिले सात घर,एक ट्याक्टर आगो लगउँछन् । सुन्दा पनि अचम्म लाग्न सक्छ ।

उल्लेखीत घटनाको विवरण प्रहरी नियन्त्रणमा रहेका अधिकारीले प्रहरी समक्ष सोधपुछ क्रममा भनेका हुन् । तर प्रहरी सक्षम प्रतिबादी रत्न प्रसाद अधिकारीले सबै घटना एक्लैले घटाएको र अरु कसैको संलग्नता नरहेको दाबी गर्दै आएको डिएसपी कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

रत्न प्रसाद अधिकारीसँग श्रृंखलावद आगजनीको कारण बारे प्राम्भिक सोधपुछ गर्दा निजले आफु गरिब भएकोले कसैले पनि ऋण÷उधारो समेत नपत्याउने÷नदिने भए पछि निराश भई यस्तो कार्य गरेको बताएका छन् ।

रोजगारी पनि नभएको,कसैले पनि उधारो नपत्याएपछि तनाव बढ्यो । आयस्रोत थिएन् । कुनै विकल्प नभएपछि त्यस्तो काम गर्न बाध्य भएको प्रहरी समक्ष प्रतिबादी अधिकारीले बयान दिएका हुन् ।

मंगलबारनै प्रतिबादी अधिकारीलाई ५ दिनको म्याद थप गरिएको छ । साथै जिल्लाको शान्ति सुरक्षालाई मजबुद बनाउन प्रहरी आफ्नो तर्फबाट कुनै कसुर बाँकी नराखी लागि रहेको समेत डिएसपी कार्कीले बताएका छन् ।

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस