कर्णाली प्रतिष्ठानका शतप्रतिशत विधार्थी नर्सिङ लाईसेन्स परिक्षामा उतीर्ण

जुम्ला । कर्णाली दुरदराजमा विशषज्ञ स्वास्थ्य सेवा पुराउने,अध्यायन अनुसन्धान गर्ने उदेश्य सहित  र सेवा २०६८ सालमा स्थापना भएकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले दुर्गम कर्णालीका दुर दराजमा विशषज्ञ सेवाकाे पहुँच विस्तार गरेकाे छ ।

काेराेना महामारीमा देखाएकाे अब्बलता,विशषज्ञ सेवा प्रवाह,कर्णाली सहित १३ जिल्लामा गरेकाे सेवा विस्तार लगायतका कारणले पश्चिम नेपालकै भराेसा केन्द्रका रुपमा कर्णाली प्रतिष्ठान कहलिएकाे छ ।

कर्णाली प्रतिष्ठान स्वास्थ्य सेवा प्रवाहमा मात्र अब्बल छैन् । अध्यायन अध्यापन (प्राज्ञिक) क्षेत्रमा समेत प्रतिष्ठान अब्बल देखिएकाे छ । प्रतिष्ठानले विभिन्न परिक्षामा आफ्नाे अब्बलता झल्काई सकेकाे छ ।

यसैबीच नेपाल नर्सिङ परिषद्ले गत असार २३ गते लिएको नर्सिङ तथा मिडवाईफ्रीको नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शतप्रतिशत विधार्थी उतिर्ण भएका छन् ।

परिक्षामा सहभागी सबै विधार्थिले शत प्रतिशत नतिजा ल्याउन सफल भएका हुन ।

परिक्षामा कर्णाली प्रतिष्ठानका ३४ जना विधार्थी सहभागी थिए । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महत भन्छन,” परिषद्ले २३ असारमा लिएको ३३ औँ लाइसेन्स परीक्षामा प्रतिष्ठानबाट नर्सिङ अध्ययन पुरा गरेका ३४ जना सहभागी थिए । ती मध्ये सबै जना उत्तीर्ण भएका छन् । यस्तै मिडवाइफ्री तर्फ ५ जनाले परीक्षा दिएकोमा सबै जना पास भएका छन् ।”

परिषद्ले गत २१ साउनमा प्रकाशित गरेको नतिजा अनुसार नर्सिङ तर्फ कुल ७८ प्रतिशत र मिडवाइफ्री तर्फ कुल ९५ प्रतिशत पास भएका छन् ।

सोही परीक्षामा मर्यादाविपरित कार्य गरेको भन्दै परिषद्ले ७ जनालाई तीन वर्ष लाइसेन्स परीक्षामा भाग लिन नदिने समेत कुल ५७ जनालाई कारवाही गरि नतिजा रोकिदिएको छ ।

 तर, यहि बेला कर्णाली प्रतिष्ठानका  विद्यार्थीले भने प्रतिष्ठानको शैक्षिक गुणस्तरलाई उच्च राख्ने गरी सतप्रतिशत नतिजा निकालेका छन् । जुन कर्णालीकाे लागि खुसीकाे कुरा हाे ।

करीव एक महिना अघि नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको जनस्वास्थ्य विषय (बीपीएच)को नाम दर्ता (लाइसेन्स) परीक्षामा पनि सत प्रतिशत सफलता भएको नतिजा आएको थियो ।

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस