जुम्लामा एकवर्षमा १०९ मुद्दा दर्ता,१३४ प्रतिवादी पक्राउ

जुम्ला । जिल्ला प्रहरी कार्यालयमा गत आवमा १ सय ९ वटा मुद्दा दर्ता भएका छन् । गत आव २०७९/८० मा वर्षभरीमा विभिन्न अपराध शिर्षकका १ सय ९ वटा मुद्दा दर्ता भएका हुन् ।
१ सय ९ वटा मुद्दा दर्ता पछि प्रतिबादीका रुपमा १ सय ३४ जनालाई पक्राउ गरिएकाे जुम्लाका प्रहरी नायब उपरिक्ष (डिएसपी) प्रल्हाद कार्कीले बताए ।

उनका अनुसार मुद्दाका आधारमा १ सय ८८ जना प्रतिबादी रहेपनि १ सय ३४ पक्राउ परेकाे ५४ जना प्रतिबादी फरार रहेका छन्  ।

प्रहरीकाे प्रतिबेदन अनुसार सबैभन्दा बढी अभद्र व्यवहारका १६ मुद्दा,त्यसपछि लागू ओैषधका १२ वटा मुद्दा दर्ता भएका थिए । अभद्र व्यवहारका मुद्दामा जम्मा प्रतिवादी संख्या ४० मध्य ३२ जना पक्राउ परेकाे र ८ जना फरार रहेका छन् ।

पत्रकारसम्मेलन वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै डिएसपी प्रल्हाद कार्की

पछिल्लाे समय विकराल बन्दै गएकाे लागु ओैषध दुव्र्यसनीका दर्ता भएका १२ मुद्दामा कुल प्रतिबादी ३३ जना रहेकाेमा २७ लाई पक्राउ गरिएकाे डिएसपी कार्कीले जानकारी दिए ।

त्यस्तै कर्तव्य ज्यान तर्फ ३ मुद्दा ३ जना पक्राउ,ज्यान मार्ने उधाेगमा ३ मुद्दा ५ जना पक्राउ,जबर्जस्तीकरणी तर्फ १८ मुद्दा १२ जना पक्राउ,बाल याैन दुरुपयाेग जबर्जस्तीकरणमा ४ मुद्दा ४ जना पक्राउ,चाेरी नकबजनीमा ३ वटा मुद्दामा १५ जना पक्राउ,सवारी ज्यान तर्फ ९ मुद्दा ६ जना पक्राउ परेका छन् ।

बहुविवाह तर्फका ३ वटा मुद्दा दर्ता हुँदा १६ जना प्रतिबादी रहेकाेमा ३ जना पक्राउ परेका छन् । यसरी करिब २४/२५ शीर्षक अन्तरर्गत बितेकाे वर्षमा जम्मा १ सय ९ वटा मुद्दा दर्ता भएकाे तथा १८८ जना प्रतिबावादी रहेकाेमा १ सय ३४ जना पक्राउ परेका छन् । भने ५४ जना फरार रहेका छन । त्यस्तै ८३ वटा मुद्दा फछर्याैट भईसकेका छन् । २५ वटा मुद्दा पेन्डीङमा रहेका छन् ।

यसैबीच गत आवमा जुम्लाका ९८ जना नागरिक हराएका थिए । जसमा बालिका १८,बालक १७,पुरुष ३४ र महिला २७ जना हराएका हुन् । जसमध्य ९१ जना लाई फेला पारिसकेकाे छ ।

पछिल्लाे समय जुम्लामा चाेरीका घटना शुन्य रहेकाे र जनचेतना अभिबृद्दि संगै विगतकाे तुलनामा उजुरी प्रक्रियामा आउने क्रम बढेकाे डिएसपी कार्कीकाे भनाई छ ।

डिएसपी कार्किले भने,”जिल्लाकाे शान्ति सुरक्षलाई मजबुद बनाउन प्रहरी आफ्नाे तर्फबाट लागि रहेकाे छ । आम नारिककाे साथ सहयाेगले जुम्लालाई अपराध मुुक्त बनाउन सकिन्छ । हामीबिच लागु ओैषध नियन्त्रणकाे चुनाैती छ । तर पनि खटिएका छाै ।”

प्रकाशित मिति : २०८० साउन २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस