जुम्ला ः जुम्लाको गुठीचौर गाउँपालिकाले अपांगता भएका व्यक्तिको अधिकार सम्वन्धी नीति २०८० बनाउन थालेको छ । अपांगता भएका व्यक्तिहरुको विषयमा लामो समयदेखि वकालत गर्दै आएको गैरसरकारी संस्था आइएनएफ जुम्लाको सहजीकरणमा उक्त नीति बनाउन थालिएको हो ।
अपांगता भएका व्यक्तिको अधिकार सम्वन्धी नीति निर्माण भएपछि गाउँपालिकालाई काम गर्न सहज हुने भएकोले यो नीति बनाएन पहल गर्दै आएको आइएनएफ जुम्लाका परियोजना संयोजक विजय आचार्यले बताए । उनले भने नेपालको संविधान २०७२, अपांगता भएका व्यक्तिको अधिकार सम्वन्धी ऐन २०७४ र अपांगता भएका व्यक्तिको अधिकार सम्वन्धी महासन्धी २००६ को उद्देश्य अनुरुप नीति बनाउन थालिएको हो । यो आइएनएफ जुम्लाले गरेको पहिलो प्रयास हो । संयोजक आचार्यले भने जुम्लाका अन्य पालिकामा यो नीति बनाएको छैन ।
अपांगता भएका व्यक्तिको अधिकार सम्वन्धी नीति निर्माण गर्नका लागि चरण बद्ध छलफल बहस भईरहेको गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताए । उनले भने लामो समयदेखि अपांगता भएका व्यक्तिको अधिकारका विषयमा वकालत गर्दै आएको आईएनएफ जुम्लासँग समन्व सहकार्यमा यो नीति निर्माण गर्न थालिएको हो ।
तर्जुमा गरिएको नीतिमा सवैको राह सल्लाह सुझाब समाबेश गरी अन्तिम रुप दिएर गाउँसभाबाट परित गरेर कार्यन्वयनमा ल्याउने अध्यक्ष बुढाको भनाई छ ।
गुठीचौरमा अपांगता भएका व्यक्तिको अधिकार सम्वन्धी नीति बन्दै
प्रकाशित मिति : २०८० साउन २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस