नि:शुल्क दन्त शिविरबाट ८१ जना लाभान्वित

जुम्ला । ताताेपानी गाउँपालिकाकाे लाम्रा स्वास्थ्य चाैकीमा संचालित नि:शुल्क दन्त शिविरबाट ८१ जना स्थानीय नागरिक लाभान्वित भएका छन् ।

विहिबार संचालित शिविरबाट पालिकाभरका ८१ जना नागरिक लाभान्वित भएका हुन् ।

दाँत सम्बन्धी जाँच गरेका जम्मा ८१ जना मध्य ३८ जना विरामीकाे दाँत निकालीएकाे ताताेपानी स्वास्थ्य शाखाका प्रमुख गुरु प्रसाद चाैलागाईले बताए ।

उनका अनुसार महिला पुरुष गरेर ८१ जना मध्य ३८ जनाकाे दाँत निकालिएकाे हाे । अन्यकाे त्यति समस्या नरहेकाे पाईएकाे थियाे ।

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड , शाखा कार्यालय जुम्ला काे आर्थिक सहयोग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे प्राविधिक सहयाेग र तातोपानी गाउँपालिका स्वास्थ्य शाखाकाे समन्वयमा विहिबार नि:शुल्क दन्त शिविर सञ्चालन गरिएकाे म आई. एम. ई. लाईफ इन्स्योरेन्स कं. लि. शाखा कार्यालय जुम्लाको शाखा प्रमुख बुद्दि तामाङले जानकारी दिए ।


उनका पछिल्लाे समय विभिन्न कारणले दाँतका विरामीहरु बढ्दै गएकाेले शिविरले समुदायलाई राहत पुराएकाे छ ।


प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस