जुम्ला । जुम्ला निर्वाचन क्षेत्र (क) बाट निर्वाचित सांसद देवेन्द्र बहादुर शाहीले हिजाे स्वतन्त्र भएर निर्वाचित हुनु र अहिले पार्टिमै फर्किनु हिजाे बाध्यता र अहिले आबश्यकता रहेकाे बताएका छन् ।
पत्रकार महासंघ जुम्ला द्दारा आयाेजित पत्रकार सम्मेलनमा सांसद शाहीले भने,” हिजाे चुनाव लड्दा पार्टिले अन्याय गर्याे । म संग जनमत हुँदा हुँदै पार्टिले अन्याय गरेपछि स्वतन्त्र हुनु विद्राेह गर्नु मेराे बाध्यता थियाे । मैले चुनाव जितेर विद्राेहकाे ओेैचित्य पनि पुष्टि गरे । अहिले पार्टि राेज्नु आबश्कयता हाे । दलीय व्यवस्थामा एक्लैले भ्रष्टचार निवारण,शुसाशन कायम गर्न सम्भव नभएकाे पार्टिमै फर्किएकाे हुँ ।”
हिजाे चुनाव लड्दा पनि मैले काँग्रेस त्यागेकाे हुँ भनेर भाेट मागेकाे थिईन् । पार्टिले अन्याय गर्याे,बाध्य भएर स्वतन्त्र उम्मेद्वार भए भनेर भाेट मागे,जनमत थियाे, चुनाव जितेपनि ।
पार्टिले टिकट नदिएकाे भन्दै स्वतन्त्र उम्मेद्वार भई पार्टिका उम्मेदवारलाई हराएपछि काँग्रेस पार्टिले सांसद शाहीलाई कारबाहि गरेकाे थियाे । तर काँग्रेस केन्द्रीय समितिले जितेका सबैकाे कारबाहि फुकुवा गर्ने नीति लिएसंगै सांसद शाहिकाे कारबाहि फुकुवा भएकाे हाे ।
जुम्लाकाे गुणस्तरीय विकास,उपभाेक्ताका वेथिति राेक्न,लागू ओैषध दुव्सनी राेक्न,सुशासन पारदर्शिता कायम गर्न आफू गम्भीर छु । यी बेथिति राेक्न दलिय व्यवस्थामा एक्लैलै राेक्न सम्भव नभएकाेले आफ्नै पार्टिमा फर्किएकाे उल्लेख गरे।
दलहरु बीचकाे एकता बिना तीनै तहकाे भ्रष्टचार निवारण गर्न सम्भव छैन्। मुलुककाे विकास र निकासका लागि पनि दलहरु बीच एकता जरुरी छ ।
भ्रष्टचार निवारणमा प्रथामिकता
सांसद देवेन्द्र बहादुर शाहीले संघियता पछि विकासकाे मुख्य बाधक भ्रष्टचार भएकाे बताए । विकास तथा सेवा प्रवाहमा हुने आर्थिक नैतिक भ्रष्टचार अन्त्य प्रथामिकतामा रहेकाे उनकाे भनाई छ ।
प्रदेश सरकारले निर्वाचन क्षेत्र विकासका लागि एकजना सांसदलाई ४ कराेड दिने कार्यक्रम ल्याए यसकाे खर्चलाई प्रभावकारी बनाउने नीति हुनु पर्नेमा जाेड दिए ।
निर्वाचन क्षेत्र विकासका नाममा आर्थिक अनियमितता बढ्ने भएकाेले यसकाे खर्चलाई आबश्यकता मुखी बनाउन जरुरी रहेकाे छ ।
उनले भने,”मैले एकजनाले मात्र त्याे पैसा लिन्न भनेर हुदैन् । ३९ जनाले लिन्छन् । त्याे बजेटकाे सहि सदुपायाेगमा जाेड दिनुपर्छ । जुम्लामा पालिकासंग बसेर आबश्ककताका पहिचान गरेर मात्र बजेट खर्च हुन्छ ।”
जुम्लाकाे पूर्वाधार विकास,शिक्षा,स्वास्थ्य राेजगारका क्षेत्रमा बजेट व्यवस्थापनका आबश्यक पहल गर्दै आएकाे उल्लेख गरे ।
विकास सरकारले गर्ने हाे। सांसदले नीति बनाउने हाे । तर सबैकाे मत एकजुट नहुँदा ४० सांसदका १ अर्ब ६० कराेड रुपैया खर्च हुँदै छ । तर त्याे बजेट समग्रमा प्रदेशकाे विधुत विकासमा लगानी गराै भन्नेमा आफ्नाे जाेड रहेकाे सांसद शाहीले जानकारी दिए ।