कर्णाली राजमार्गको ‘नाग्म–जुम्ला खण्ड’ विस्तार गरिदैँ

जुम्ला । कर्णाली राजमार्ग अन्तरर्गतको नाग्म–जुम्ला बजार सडक विस्तारको काम सुरु भएको छ । सडक डिभिजन जुम्लाद्धारा उक्त खण्डको विस्तार संगै राजमार्गको मापदण्ड अनुसार आबश्यक ठाउँमा चौडा गर्ने काम सुरु भएको हो ।

नाग्म–जुम्ला खण्डको रारालिहि,लिताकोट र तातोपानी जर्मीमा सडक चौडा बनाउने काम भईरहेको छ । गत असोजको अविरल वर्षापछि आएको बाढी पहिरो कर्णाली राजमार्ग क्षत विक्षत भएको थियो । विपद्को क्षतिसंगै स्थानीयद्धारा बढ्दै गएको अतिक्रमणले साँघुरिदैँ गएको सडकलाई चौडा बनाउन थालिएको छ ।

कर्णालीकै जीवन रेखा मानिएको कर्णाली राजमार्गलाई मृत्यु मार्गको उपनामले चिनिन्छ । किन यस राजमार्ग संघिय सरकारले कुनै वर्ष पनि प्रयाप्त बजेट नदिने,वार्षिक बजेटमै नसमेट्ने,कर्णाली नेताले ठोस पहल कदमी नगर्ने जस्ता समस्याले समृद्धी भित्राएको राजमार्गलाई मृत्यु मार्ग भन्न कर्णाली बासी बाध्य छन् ।

राजमार्गको नाग्म–जुम्ला खण्डको आबश्यक भागमा चौडा सहित विस्तारको काम भईरहेको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्टले बताए । उहाँले भन्नुभयो,“सडक सुरक्षानै नागरिक सुरक्षा हो । सडक फराकिलो नभए सम्म नागरिक सुरक्षित हुदैनन् । त्यसैले कर्णाली राजमार्गको परिचय बदल्न पनि चौडा गर्नुनै जरुरी छ । सोहीअनुसार जुम्ला खण्डका विभिन्न भागमा चौडा गर्ने काम गर्दै छौ । नागरिकले साथ सहयोग गरेको खण्डमा काम निर्धारित समयमै सम्पन्न हुने छ ।”

आगामी माघ सम्म ६ महिना भित्र कार्य सम्पन्न हुने गरी (ओस्नेत÷सुपनिल) निर्माण कम्पन्नीसंग सडकको ग्यामिन पर्खाल,पलमवाल, र आबश्यक ठाउँमा चौडा गर्ने सहितको काम गर्न भ्याट सहित ७ करोड ९ लाख ८७ हजार ३८६ रुपैयामा ठेक्का सम्झौता भएको छ ।

सडक डिभिजन जुम्लाका सव–ईन्जिनियर विरेन्द्र रावलले नाग्म–जुम्ला खण्डको ३१ किमी मध्यको कुल २६ हजार २५० घनमिटर क्षेत्रमा सडक चौडा,ग्यामिन वाल,पलमवाल,नाली निर्माण लगायतका काम हुने बताउनुभयो । राजमार्गका नाममा लगत कट्टा भएको सबै क्षेत्रलाई राजमार्गमा जोड्ने तयारी छ ।

सडक चौडा गर्नु सुरक्षित यात्रा र नागरिकको सुरक्षाका लागि सुखद भएपनि वर्षातको समयमा भएकोले सडक विस्तार कार्यले हिलो हुँदा आवत जावतमा सास्ती भएको,घण्टौ सम्म सवारी जाममा पर्ने गरेको स्थानीयले गुनासो गरेका छन् । वर्षातकै समयमा डोजर चलाउँदा जीर्ण घर समेत भत्कीन सक्ने जोखिम छ ।

यदपी,तातोपानी क्षेत्रमा सडक स्तरबृद्धिको जिम्मा लिएका निर्माण व्यवसायी डिल्ली रावलले समन्वय सहकार्यका आधारमा धमाधम काम गरिरहनु भएको छ । अहिले केहि असहज भएपनि सडक चौडा गर्नु हाम्रै दिर्घकालिन फाईदाका लागि भएकोले सहयोग गर्न समेत उहाँले आग्रह गरेका छन् ।

आफ्नो जिम्मेवारी तातोपानी गाउँपालिकाको बाईराँका,राँका,लिताकोट,जर्मी र बाबिरा सम्म रहेकोले सडक विस्तार अन्तरर्गत डबल कटिङ,ग्यामिन,पलमवाल निर्माणमा सहयोग गर्न आग्रह गरेका हुन् । निर्धारित समय ६ महिना भित्रै सम्झौतानुसारको काम सक्न मुख्य ठेकेदार राजेन्द्र थापालाई ताकेता गरिरहेको सडक डिभिजन जुम्लाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस