बादल लाग्योकी,फोन र ईन्टरनेट अबरुद्ध,दिर्घकालिन समधान कहिले ?

जुम्ला । जुम्लाको फोन र ईन्टरनेटमा सधै सास्ती हुने उपभोक्ताले गुनासो गरेका छन् । जुम्ला सहित कर्णालीका हिमाली जिल्लामा नेपाल टेलिकमको एनटीसी सिम प्रयोग कर्ता धेरै छन् । तर बादल लाग्यो की नेपाल टेलिकमकै फोन र ईन्टरनेटमा पटक पटक आउने समस्याले सूचना आदान प्रदानमा सास्ती हुने गरेको उपभोक्ताले गुनासो गरेका हुन् । मौसममा बदली आएसंगै जुम्लामा एक सातादेखी संचार सेवा अस्तव्यस्त छ ।

बादल लाग्ने बित्तिकै संचार अबरुद्ध हुने,भ्वाईसकल नबुझिने,नाम मात्रको फोरजी देखाउने जस्ता समस्याले सूचना आदान प्रदानमा नागरिकले सास्ती भोग्दै आएका छन् । सदरमुकामकै फोन र ईन्टरनेटको अबस्था सधै दयनीय छ । गाउँको स्थिती कस्तो होला ? तातोपानी १ बाईराँकाका स्थानीय विरेन्द्र शाही भन्छन,“अधिकांश समय ईन्टरनेट चलाउन लिएको डाटा प्याक,कुरा गर्न लिएको भ्वाईस प्याक प्रयोग गर्न नपाएरै समय सकिन्छ । थोरै बादल लाग्ने बित्तिकै संचार अबरुद्ध हुने समस्या विगत देखि कायम छ । गुनासो गरेपनि संचार सेवा सुधारमा सरोकारवाला गम्भीर छैनन् ।”

“साविक कर्णाली अञ्चलको अञ्चल सदरमुकाम तथा हाल कर्णाली प्रदेश राजधानीपछिको दोस्रो ठुलो शहर जुम्लामा अझै गुणस्तरीय संचारको विकास हुन सकेको छैन् । नेपाल टेलिकमको सेवाबाट उपभोक्ता आजित भएका छन् । नत फोनमा कुरा बुझिन्छ । नत वाईफाई र डाटानै राम्रो चल्छ । सुस्त इन्टरनेटका कारण एनटिसी सिम प्रयोगकर्ता सबैले सास्ती खेपिरहेका छन् ।”,उनले भने ।

भौगोलिक हिसाबले विकट जुम्लाका गाउँ बस्ती अझै सूचना संचारको पहुँचमा पुग्न सकेका छैनन् । सूचना प्रविधिले विश्व साघुरिदै गएको अबस्थामा जुम्लामा अझै गुणस्तरीय फोन इन्टरनेट सेवा विस्तार हुन नसक्नु दुखद पक्ष भएको पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाही बताउँछन् ।

जुम्लामा वर्षेनी ईन्टरनेटमा आउने समस्याले पत्रकार,संचारगृह,बैंक तथा बित्तिय क्षेत्र बढी प्रभावित भएकोले यसको दिगो समधान खोज्नु जरुरी छ । उनले भने,“जनशक्ति अभावकै कारण थोरै समस्या आएपनि महिना दिन संचार अबरुद्ध हुदै आएको छ । संचार सेवाको गुणस्तीयता र दिगो समधानमा सरकारको ध्यान पुग्नै पर्छ ।”

नेपाल टेलिकमले जुम्लामा फाईबर ईन्टरनेट विस्तार कार्यलाई तिब्रता दिएको बताएको छ । केहिदिन मौसमी खराबी पछि ईन्टरनेट र भ्वाईकलमा समस्या आएको नेपाल टेलिकम जुम्लाका प्रमुख सुर्य प्रकाश यादवले बताए ।

उनले भने,“अहिले फोनमा आशिंक सुधार भईसकेको छ । तर फोरजीमा अपेक्षित सुधार नआएकोले गुनासो आउनु स्वभाविक छ । हाल दुईवटा मात्रै टावर रहेका छन् । एक टावर थप्ने प्रक्रियामै छौ । आगामी तीन महिना भित्र जुम्लामा फोरजी,फाईबर नेट सहित संचारका सबै समस्या पुर्ण समधान हुने छन् ।”

टेलिकमबाट एडिसिएल लाईन लिएका सबै प्रयोगकर्ता आगामी तीन महिना भित्र निःशुल्क फाईबरनेट जडान गर्ने र फोरजी उल्लेखीय सुधार ल्याउने कार्ययोजना सहित काम भईरहेको प्रमुख यादवले उल्लेख गरे ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस