झाडापखालाको सिजनमा गुठीचौरका स्वास्थ्य संस्थामा जीवनजल अभाव

जुम्लाको गुठीचौर गाउँपालिकामा पाँच वटा स्वास्थ्य संस्था रहेका छन् । प्रसुति गृहसहित तीन वटा स्वास्थ्य चौकी र दुई वटा आधारभुत स्वास्थ्य केन्द्र रहेका छन् ।
यिनै स्वास्थ्य संस्थामा जीवनजलसमेत अभाव देखिएको छ । अहिले बर्खाको सिजन साउन भदौँ महिनामा पानी धमिलो हुने र त्यही पानी मानिसले खाने भएका करण स्वास्थ्य संस्थामा झाँडापखालाका विरामी बढी आउन्छन् । तर गुठीचौरका स्वास्थ्य संस्थामा जीवनजलसमेतको अभाव रहेको छ ।
गुठीचौर गाउँपालिका – ५ देपालगाउँ स्वास्थ्य चौकीका इन्चार्ज क्षेत्रबहादुर खत्रीका अनुसार यस स्वास्थ्य संस्थामा अरु औषधि भएपनि जीवनजल भने छैन । उनले भने अहिले बर्खाको सिजनामा झाडापखालाका विरामी बढी आउन्छन् । तर जीवनजल छैन । विरामीलाई हामीले के भनेर पठाउने निकै समस्या हुने गरेको छ ।
दैनिक २५÷३० जना विरामी आउने गर्दछन् । औषधि पनि स्वास्थ्य संस्थामा प्रयाप्त नहुने भएकाले पूर्ण डोजको औषधि दिन नसकिएको सिनियर अहेव देवानन्द तिमल्सिनाले बताए । उनले भने विरामीलाई औषधि पूर्ण डोजको औषधि दिनका लागि ५–७ दिन पुग्ने दिनुपर्ने हुन्छ । तर स्वास्थ्य संस्थामा औषधि प्रयाप्त नहुदा २–३ दिनका लागि मात्रै दिने गरेका छौँ ।

सुत्केरी महिलाले समयमै प्रोत्साहन भत्ता पाउदैनन् । सुत्केरी महिलालाई डिचार्ज गर्ने बेलामा स्वास्थ्य संस्थामा सुत्केरी भएपछि प्रोत्साहन भत्ता दिनु पर्ने हो । तर सुत्केरी भएको ६ महिनाको अवधिमा मात्रै प्रोत्साहन भत्ता पाउने गरेको सिनियर अहेव तिमल्सिनाले बताए । उनले भने सुत्केरी महिलालाई तत्कालका समस्या समाधान गर्ने सरकारले प्रोत्साहन भत्ताको व्यवस्थापन गरेको हो । तर लामो समय वितेपछि मात्रै पाउने गरेका छन् ।
गुठीचौर स्वास्थ्य शाखा संयोजक बालराम नेपालका अनुसार अहिले स्वास्थ्य संस्थामा जीवनजल कमै मात्रमा रहेको छ । उनले भने कतिपय स्वास्थ्य संस्थामा सकिएको पनि होला । जीवनजल अहिले जिल्लाभर अभाव छ । भएपनि कमै मात्रमा होला । भदौँ ६ गते स्टापमिटिङ छ । त्यतिबेला सवै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी बैठकमा आउन्छन् । कहाँकति औषधिको अपुग छ । त्यतिबेला स्वास्थ्य शाखाको स्टोरमा भएको औषधि वितरण गर्ने छौँ ।
गुठीचौर गाउँपालिका सरकारले स्वास्थ्य र शिक्षालाई प्रथामिकता दिने नारासहित नीति ल्याएपनि बजेट विनियोजनमा खासै प्रथामिकता दिएको छैन । स्वास्थ्य शाखा संयोजक नेपालीले भने स्थानीय सरकारको बहाली भएको ६ वर्षपछि एम्बुलेन्सको व्यवस्थापन भएको छ । एम्बुलेन्स पहिले नै व्यवस्थापन गर्नुपर्ने हो । तर भएन ।
यस्तै गर्भवती महिलाका लागि अल्ट्रा साउण्ड डिभियो एक्सरे धेरै लामो प्रयासपछि केही समयअघि मात्रै पालिका स्तरमा एउटा व्यवस्थापन भएको । गर्भवती महिलाको पेटमा बच्चा उल्टोसुल्टो केकस्तो छ हेर्न अहिले सहज भएको संयोजक नेपाली बताए । उनले भने अझै यस ठाउँमा ल्यावको आवश्यकता छ । ल्याव स्थापनाका लागि पहल गरेका छौँ ।

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस