
जुम्ला । गुठिचौर गाउँपालिका ५ स्थित देपागाउँ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव देवानन्द तिमिल्सीनाले दुई महिनादेखि तलब पाएका छैनन् । आव २०७८÷७९ मा असारको तलब नपाएका उनले आव ०७९÷८० मा जेठ र असारको तलबनै पाएका छैनन् । दुई महिनाको तलब र चैत बैशाखमै पाउनु पर्ने पोशाक अझै नपाएको तिमिल्सीनाले गुनासो गरे ।
उनले भने,“तलबकै भरमा छोराछोरी पढाई रहेका छौ । घरमा जेनतेन गुजारा गरेपनि काठमान्डौ होस्टेलमा बस्ने छोराछोरीलाई प्रत्यक महिना पैसा नपठाए खान बस्ननै मुस्किल हुन्छ । छोरीले डाक्टरी पढ्दै छ । तर पालिकाले तलब समयमै हाल्दैन् । स्वास्थ्यकर्मीका समस्या प्रति पालिकाका जनप्रतिनिधिदेखी प्रशासन कर्मचारी अनुदार भए । हामी निकै मर्कामा छौ ।”
अरु शाखाका कर्मचारी महिना नपुग्दै तलब बुझ्छन् । तर हामीलाई महिना परै जावस दुई महिनौ बित्दा पनि पाउने पत्तो छैन् । समयमै नपाईने तलब,पछि ४÷५ महिनाको एकैमुष्ट पाएर के अर्थ ? स्वास्थ्यका कर्मचारी जस्तै पिडामा रहेको सिनियर अहेब तिमील्सीनाको भनाई छ ।
त्यस्तै देपालगाउँ स्वास्थ्य चौकीकै ईन्चार्ज क्षेत्र बहादुर खत्री पनि समयमै तलब भत्ता नपाउँदा गुठिचौका स्वास्थ्यकर्मी मर्कामा परेको बताउँछन् । उनले पनि गत आवको जेठ असारको तलब पाएका छैनन् ।
उनले भने,“रातदिन खटिने स्वास्थ्यकर्मीले तलब नपाउँदा आफै अस्वस्थ छौ । साहेत अब असोजमै ५ महिनाको तलब बुझ्छौ होला ? त्यतिबेला के अर्थ ? वर्षेनिक स्वास्थ्यकर्मीलेनै तलब नपाउने समस्या अन्त्य गर्न पालिका प्रमुखको ध्यान पुग्न जरुरी छ ।”
समयमै तलब नपाँदा क्षेत्र बहादुर खत्री र देवानन्द तिमील्सीना मात्रै हैन् गुठिचौर गाउँपालिका अन्तरर्गत रहेका तीन स्वास्थ्य चौकी सहित २ आधारभूत स्वास्थ्य सेवा केन्द्रका १७ जना स्वास्थ्यकर्मी मर्कामा परेका छन् ।
मणिसाँघु स्वास्थ्य चौकी,गज्र्याङ्गकोट स्वास्थ्य चौकी र देपालगाउँ स्वास्थ्य चौकी तथा गुठिगाउँ आधारभुत स्वास्थ्य सेवा केन्द्र र गज्र्याङ्गकोट आधारभुत स्वास्थ्य केन्द्र गरी १७ जना स्थायी र १२ जना करार गरी २९ जना स्वास्थ्यकर्मी छन् ।
गुठिचौरका स्वास्थ्य शाखा प्रमुख बालाराम नेपाली भन्छन,“पालिकाका जम्मा २९ जना स्वास्थ्यकर्मी मध्य करारका १२ जनाले पालिकाबाटै तलब बुझिसकेका छन् । तर स्थायी १७ जनाले दुई महिनाको तलब पाएका छैनौ । समयमै बजेट नआएको र असार २४ गते ५ बजे ५२ लाख माग गरिएकोमा ३० लाख मात्रै बजेट आएको तर अन्तिममा सर्वरले काम नगर्दा चेक हान्न नपाएपछि स्वास्थ्यकर्मीले तलब खान पाएनन् ।”
प्रमुख प्रशासकिय अधिकृत समेत स्वास्थ्यकै कर्मचारी भएकोले उनले पनि तलब खाएका छैनन् । समयमै मन्त्रालयबाट बजेट नआउने,बेलैमा पालिकाले पहल गर्ने,जस्ता समस्यले स्वास्थ्यकर्मीले तलब नपाएका हुन् ।
यदपी स्वास्थ्यकर्मीले समयमै तलब नपाउनुका साथै स्वास्थ्य क्षेत्रमा पनि अपेक्षित सुधार नभएकाे स्वास्थ्य शाखा प्रमुख नेपाली बताउँछन् । स्वास्थ्य सेवा प्रवाहमा नागरिकको पहुँच बृद्धि गर्न तथा सार्वजानिक शिक्षालाई सुदृढीकरण गर्ने नीति बनेको छ । तर कार्यान्वयन छैन् । नारा र नीतिमा प्रथामिकता स्वास्थ्य क्षेत्रमा प्रथामिकतामा भएपनि कार्यान्वयनमा शुन्य छ ।
“गत आवमा स्वास्थ्य क्षेत्रमा सन्तोषजन बजेट छुटाएकोमा यस वर्ष ८–१० लाख मात्रै छुटाएको सुनेको छ । बजेट स्पष्ट हेर्न पाएको पनि छैन् । बजेट प्रस्तुतका बेला अध्यक्ष उपाध्यक्ष बीच भएको लफडाबारे सबै जानकारनै छौ । स्वास्थ्य शिक्षालाई प्रथामिकता दिने नारानुसार काम हुन सकेको छैन् । पालिकामै भिडियो एक्सरे,ल्याबको व्यवस्थापन गर्न धेरै पटक माग गरेपनि सुनुवाई छैन् । चोत्रा र मुलुरीमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना गर्न माग गरेपनि हुन सकेको छैन् । नीति र नारामा स्वास्थ्य क्षेत्र प्रथामिकता परेपनि कार्यान्वयनमा स्वास्थ्य क्षेत्र उपेक्षामा छ ।”उनले भने ।
गुठिचौर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गम बहादुर रोकायालेले मन्त्रालयबाटै असार २४ गतेका दिन ७ बजे अख्तियारी आएको र पुँजीगतको भुक्तानी गर्दा गर्दै समयले नभ्याएर स्वास्थ्यकर्मीले तलब नपाएको बताए ।
उनका अनुसार धेरै पहिलानै तलबको माग गरिएपनि मन्त्रालयले समयमै नपठाउँदा समस्या भएको हो ।
गुठिचौरका अध्यक्ष दान बहादुर बुढाले स्वास्थ्यकर्मीहरुले आफ्नो कमजोरीका कारण नभई लेखापालको कमजोरीले तलब नपाएको बताए । उनले भने,“स्वास्थ्यकर्मीहरुले तलब नपाएकोमा दुखित छु । लेखापालको त्रुटिका कारण स्वास्थ्यकर्मीलाई तलब खुवाउन सकिएन् । यदपी मैले तलब खुवाउन ताकेता दिएको थिए ।”
गुठिचौरमा स्वास्थ्य ल्याब स्थापना गर्न केन्द्रिय बजेट आईसकेकोले चालु आवमै ल्याब तथा मुरुरी र चोत्रा गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना हुने अध्यक्ष बुढाको दाबी छ ।