सिंजा केदारनाथमा धार्मिक पर्यटन महोत्वस

जुम्लाको सिंजामा ऐतिहासिक केदारनाथमा धार्मिक पर्यटन महोत्सवको आयेजना गरिएको छ । सिंजा गाउँपालिका जुम्लाले भदौ १०, ११ र १२ गते केदारनाथमा धार्मिक पर्यटन महोत्सवको आयोजना गरेको छ ।
गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार हरेक बर्ष भदौँ १० गते लाग्ने मेला यस बर्ष प्रचारप्रसार गर्नका लागि महोत्वसको आयेजना गरिएको हो ।


सिंजाको ऐतिहासिक क्षेत्र केदारनाथमा राज्यको ध्यानाकर्षण गर्न गाउँपालिकाले महोत्सवको आयोजना गरेको हो । महोत्सवस्थलमा पर्यटन मन्त्री सुधन किरातीसहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्मा, जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद, राजनैतिकदल, जनप्रतिनिधि, धार्मिक अगुवा, जिल्ला स्थित सरोकार निकाय, तिर्थालुहरु, संचार माध्यामको सहभागिता हुने छ ।

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस