उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान

जुम्ला ः चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाले पालिका स्तरीय बार्षिक समीक्षा कार्यक्रममा दुई जना उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ ।
स्वास्थ्य शाखाले आर्थिक वर्ष ०७९÷०८० को बार्षिक समीक्षा कार्यक्रममा दुई जना स्वास्थ्यकर्मीलाई उत्कृष्ट सम्मान गरेको हो ।
महतगाउँ स्वास्थ्य चौकीका इन्चार्ज जनस्वास्थ्य निरीक्षक अधिकृत तत्तबहादुर महतलाई र आधारभुत स्वास्थ्य केन्द्र ठिन्केमा कार्यरत सिनियर अनमी सरिता सेजुवाललाई उत्कृष्ट सम्मान गरिएको हो ।
चन्दननाथ नगरपालिकामा तीन वटा स्वास्थ्य चौकी, पाँच वटा आधारभुत स्वास्थ्य केन्द्र र एक वटा सहरी स्वास्थ्य केन्द्र रहेको जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए । उनले भने ९ वटा स्वास्थ्य संस्था र स्वास्थ्य शाखा गरी ५२ जनाको जनशक्ति रहेका छन् ।
बार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रका बार्षिक उपलव्धी, तथ्य तथ्यांक र सुधार गर्नुपर्ने पक्षका विषयमा छलफल भएको जनाएको छ । नगर क्षेत्रमा दुई जना मातृमृत्यु रहेको छ ।

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस