
जुम्ला ः तातोपानी गाउँपालिका – ७ सर्मीगाउँका दलबहादुर कुवँर म्याराथन धावन हुन् । उनले ४९ किलोमिटर चौथो अल्ट्र रारा म्याराथन २०८० को प्रतियोगितामा प्रथम जित हालिस गरेका थिए ।
यस्तै रुकुम गुरिल्ला अल्टा म्याराथनमा प्रथम स्थान हासिल गरेका धावक कुवँरलाई तातोपानी गाउँपालिका जुम्लाले सम्मान गरेको हो ।
धावक कुँवरलाई पालिकाले मासिक पाँच हजार रुपियाँ डाइड (खाजा) खर्च बापत प्रदान गर्ने गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । उनले भने धावक कुवँर तातोपानी गाउँपालिकाका गहना हुन् । खेलकुदकै माध्यमबाट हाम्रो पालिका, जिल्ला र देशलाई नै चिनाउदै आएका छन् ।
खेलाडीलाई सम्मान स्वरुप खाजा खर्च बापत मासिक पाँच हजार रुपियाँका दरले बार्षिक ६० हजार रुपियाँ बजेट व्यवस्थापन गरेको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए । उनले भने खेलाडीलाई प्रोत्साहन गर्नका लागि खाजा खर्चको व्यवस्थापन गरिएको हो ।
धावक कुवँरलाई अन्र्तराष्ट्यि धावक वल्र्ड रेकटर हरिबहादुर रोकायाले प्रशिक्षण दिर्दै आएका छन् । उनी कर्णाली स्पर्टस क्लवमा आवद्ध छन् । यस क्लवमा खेलाडीलाई लामो समयदेखि प्रशिक्षण गर्दै आएको धावक रोकायाले बताए ।