
जुम्ला ः गुठीचौर गाउँपालिका – १ डिल्लीकोट दलित बस्तीका फर्निचर सम्वन्धी काम गर्ने ४२ जना विपन्न व्यक्तिलाई औजार वितरण गरिएको छ । फर्निचर सम्वन्धी काम गर्ने सिप भएका तर औजार नभएका विपन्न व्यक्तिलाई आयआर्जनमा सहयोग पुग्ने उद्देश्यले वितरण गरिएको हो ।
वडाध्यक्ष अर्जुनकुमार महताराका अनुसार एक जना व्यक्ति १४ हजार बराबरको फर्निचार सम्वन्धी काम गर्ने औजार वितरण गरिएको हो । उनले भने फर्निचर सम्वन्धी आधुनिक औषधि विद्युत्तीय राउटर देखि हाते रत्न, रामालगायत दर्जन बढी औजार वितरण गरिएको हो । पाँच घर बराबर एक विद्युत्तिय राउटर वितरण गरिएको हो ।
फर्निचर सम्वन्धी काम गरेर आयआर्जन बृद्धि हुनुका साथै जिविकोपार्जनमा सहज हुने अपेक्षा गरिएको गुठीचौर गाउँपालिका – १ वडापालिकाले जनाएको छ । करिव ६ लाख बराबरको औजार सामग्री वितरण गरिएको हो ।
प्रकाशित मिति : २०८० भाद्र ७ गते बिहिवार