कृष्णका दम्पत्तीले गरे बाढी पीडित बालिकाको अभिभावकत्व ग्रहण


जुम्ला ः ऋणमोक्ष माध्यामिक विद्यालय डिल्लीचौरका सहायक प्रधानाध्यापक कृष्णबहादुर बुढा र उनकी श्रीमति ज्योति आधारभुत विद्यालयकी प्रधानाध्यापक सरस्वती कुमारी एडीले बाढी पीडित बालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । पातासारी गाउँपालिका – ५ माथिलोर्पाकी बाढी पीडित बालिका निर्मला बुढाको अभिावकत्व ग्रहण गरेका हुन् ।
पुन्नकली बुढाले भदौँ ४ गते आएको बाढीपहिरोमा परेर ज्यान गुमाएपछि उनकी छोरी निर्मला बुढा विचल्लीमा परेकी थिइन् । लासी बोडिङ स्कूलमा कक्षा ३ मा अध्ययन गर्दै आएकी बालिका निर्मलाको एसइई परीक्षा दिने बेलासम्म स्कूलको शुल्कलगायत सम्पुर्ण खर्च आफैले व्यहोर्ने कृष्णबहादुर बोहराले प्रतिबद्धता जनाएका छन् । साथै तत्कालको खर्चका लागि बुढा परिवारले १० हजार १५५ रुपियाँ आर्थिक सहयोग गरेको स्थानीय कृष्ण बोहराले बताए ।

प्रकाशित मिति : २०८० भाद्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस